© २०२३
२३ असार, काठमाडौ । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले अल्पमतमा परेको प्रचण्ड सरकारमा रास्वपा बसिरहेको भन्दै नेता भट्टराईले ‘प्रचण्ड’ ले प्वाल पारेको डुङ्गामा रास्वपाले यात्रा गरिरहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्याउन, मुलुकका समस्या समाधान गर्न, संविधान संशोधनका लागि सहमति निर्माण गर्न एमाले–कांग्रेसको सरकार बन्न लागेको बताउदै उनले माओवादी केन्द्रलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।