© २०२३
काठमाडौँ । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्ने गएका ४ जना भोजपुर र धरानको भएको हुनसक्ने सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन । अहिलेसम्म सबै कुरा पुष्टि भने भएको छैन । यो समाचार तयार पार्दासम्म मृत्यु हुने एक जनाको पहिचान भएको छ । मृत्यु हुनेमा इलाम घर भएका २३ वर्षीय रवि राई रहेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । मृत्यु हुने ३ जनाको परिचय खुल्न बाँकी रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जनाइएको छ ।