© २०२३
२२ असार, काठमाडौँ । नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारीपछि नेपाली कांग्रेसका सांसदहरू मन्त्रीका लागि दौडधुपमा लागेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस सांसदको भिड लाग्न थालिसकेको छ ।
असार १७ मा कांग्रेस र एमालेबिच सत्ता सहकार्यको सहमति भएसँगै कांग्रेस सांसदहरूले मन्त्रीको लबिङ तीव्र पारेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा विश्वासको मत लिनेगरी तयारी गरेका छन् । त्यसैले यही महिनाभित्रै नयाँ सरकार गठनको ढोका खुल्ने छ । सरकार गठनको ढोका नखुल्दै कांग्रेसमा मन्त्री बन्न चर्को हानथाप सुरु भइसकेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा उपप्रधानमन्त्रीसहित सरकारमा कांग्रेसबाट नेतृत्व गर्नेमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतको नाम चर्चामा छ ।