२२ असार, काठमाडौ । १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठले राजनीतिक दलहरूका कारण सहकारी क्षेत्रमा मुख्य समस्या आएको यसमा राजनीतिक दलको भूमिका भुमिका रहेको बताएका छन । उनले राज्यले ढंगले अनुगमन गर्न नसकेको कारण सहकारीमा समस्या आएको उनको भनाइ छ । सहकारी सञ्चालकहरु राजनीतिक दलमा आवद्ध रहेको कारण उनीहरुलाई जोगाउन नेताहरु लागेको उनले बताए । साथै, अनुसन्धान गर्ने प्रहरीलाई समेत नेताहरुले फाल्ने गरेको उनले बताए । राम्रो काम गर्नेलाई नेपालमा टिक्न गाह्रो रहेको उनले बताए ।