© २०२३
२२ असार, काठमाडौ । गत जेठ २५ गते छ दलको समर्थनमा मधेश प्रदेशकाे मुख्यमन्त्री बनेका सतिश कुमार सिंहले नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट बनेका छ जना मन्त्रीहरु बर्खास्त गरेका छन् । सिंहले प्रदेश सभाबाट आजै विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री सतिश कुमार सिंहले कांग्रेस–एमालेसँग भएको सहमतिअनुसार छ जना मन्त्रीहरुलाई बर्खास्त गर्दै चार दललाई सरकारबाट हटाएको पब्लिक सवाललाई जानकारी दिएका छन । आज नै कांग्रेस र एमालेले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने भएका छन् ।