प्रचण्डबाट आजित भएर कांग्रेस-एमाले मिल्यो: काँग्रेस प्रवक्ता महत महत पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानसहित अन्त्येष्टि उपनिर्वाचनमा साना दललाई सकस गृहमन्त्री लेखकसंग एसएसबी प्रमुख को भेट प्रधानमन्त्रीको आसन्न चीन भ्रमण बारे संसदीय समिति निर्णायक छलफलमा न्यायको आवाजलाई सशक्त बनाउँदै शिव नेपाली पोखरामा २८ दिन देखि धर्ना जारी सांसद बजगाईंको आरोप विरुद्ध मन्त्री पाण्डेको कडा प्रतिक्रिया, प्रमाणित भए राजनीति छोड्छु खोरमा थुन्दैमा बाघ स्याल हुँदैन : रवि लामिछाने मानव तस्करीकाे आरोप लागेका एमाले नेता लिलाबल्लभ अधिकारी थप ७ दिन हिरासतमा सडक सुरक्षा मजबुत बनाउन क्षमता भन्दा बढी यात्रु बोक्न नदिन गृहमन्त्री लेखकको निर्देशन रवि लामिछाने सहकारी ठगी प्रकरणमा रुपन्देही पुर्‍याइए, १४ करोड अपचलनकाे अनुसन्धान हुँदै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु जनअपेक्षाअनुसार चल्न सरकारलाई कांग्रेस नेता महरकाे चेतावनी ओली सरकारका १०० दिन प्रगति विवरण आज सार्वजनिक हुँदै टीआरसी पदाधिकारी सिफारिस समिति पुनर्गठन मन्त्रिपरिषदका २३ महत्वपूर्ण निर्णय तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा महत्त्वपूर्ण बैठक सुरु प्रधानमन्त्री ओली र जापानी राजदूत युताकाबीच शिष्टाचार भेट, विपी राजमार्ग पुनः निर्माणबारे छलफल बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापन कार्य छिट्टै अघि बढ्छ : प्रधानमन्त्री ओली जनार्दन शर्मा र विप्लवको कपिलवस्तुमा भेट, माओवादी एकता हुन सक्ने नयाँ संकेत सुदूरपश्चिम माओवादी केन्द्रका नेताहरूको जिम्मेवारी तोकियो दशैं सुरक्षामा कडाइ, सडक दुर्घटनाबाहेक अन्य घटना शून्य : प्रहरी प्रवक्ता परिवारसँगको सान्निध्य र समाजको अध्ययन गर्ने अवसर हो दशैं सादगी, परोपकार र उद्योगको सशक्त स्तम्भ रतन टाटाको अवसान प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन नेपाल नयाँ शीतयुद्धको इपिसेन्टर बन्ने खतरा: प्रचण्ड ट्याङ्करमा लुकाई ३९२ किलो गाँजा ओसारपसार: मकवानपुर प्रहरीले पक्राउ गर्‍यो काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनर्वितरण सुरु, दसैँअघि सर्वसाधारणलाई आपूर्ति बीमा मार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयास भइरहेको छ’ मेलम्चीको पानी काठमाडौं आइपुग्ने, संघर्ष समिति र सरकारबीच सहमति “प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपद्वारा पाँच करोड सहयोग, अन्य संस्थाहरूबाट थप ५ करोड” प्रधानमन्त्रीलाई तत्काल विपत् व्यवस्थापन गर्न माओवादी केन्द्रको ध्यानाकर्षण प्रधानमन्त्री उद्धार कोषमा एमालेद्वारा ५० लाख सहयोग हस्तान्तरण गृहमन्त्री लेखक द्वारा विपद् पीडितका लागि तात्कालिक राहत र उद्धारको प्रतिबद्धता बागमती सरकार द्वारा विपद् प्रभावित ४५ पालिकालाई ५ करोड ८० लाखको राहत वितरण गर्ने निर्णय गरिबीको चक्र तोड्दै रौतहटका शितांशु सिंहको प्रेरणादायक यात्रा प्रधानमन्त्री उद्धार कोषमा एकैदिन तीन करोड पैंतीस लाख सहयोग हस्तान्तरण, अझै थप अपेक्षा यात्रुको सहजता सुनिश्चित गर्न मन्त्रालयले निरन्तर प्रयास गरिरहेको छ : मन्त्री पाण्डे विपद्को समयमा सरकारको भूमिका कमजोर: नेता बस्नेतद्वारा उद्धार र राहतमा गम्भीर ध्यानाकर्षण प्राकृतिक विपद्पछिको यातायात संकट समाधान गर्न माओवादी अध्यक्ष दाहालद्वारा व्यवसायी र मजदुरसँग समाधानका लागि छलफल नेपाल-बङ्गलादेश-भारत त्रिपक्षीय सम्झौता ऊर्जा निर्यातमा नेपालको ऐतिहासिक पाइला, आर्थिक समृद्धिको नयाँ युग प्रधानमन्त्री ओली र बङ्गलादेशका मन्त्री हसनबीच शिष्टाचार भेट, द्विपक्षीय सहकार्य विस्तारमा छलफल बडा दसैँ सुरु, आज घटस्थापनामा घरघरमा जमरा राखिदै नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा, कागजात बरामद बाढीपहिरोको कहर १७ अर्बको विनाश, पुनर्निर्माणमा सरकारको परीक्षा कर्णाली प्रदेशद्वारा बाढीपहिरो पीडितलाई ५० लाख सहयोग प्रधानमन्त्री ओलीलाई गैरजिम्मेवार तरिकाले जथाभाबी नबोल्न कांग्रेस नेता भण्डारीको आग्रह बाढी र पहिरोबाट प्रभावित जनताको समर्थनमा प्रधानमन्त्री ओलीद्वारा राहतको आह्वान चाडपर्वमा वस्तुको अभाव र मूल्यवृद्धि नियन्त्रणमा मन्त्री भण्डारीको सक्रियता यात्रुहरूको सुरक्षित यात्रा हाम्रो प्रमुख जिम्मेवारी हो राज्यसँग सहकार्य गर्दै निरन्तर खटिएका छौं :वरिष्ठ उपाध्यक्ष सिटौला

महासचिव गुटेरेसद्वारा विश्वव्यापी एकताको आह्वान

२१ असार २०८१, शुक्रबार

२१ असार कजाखस्तान, । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घको महत्त्वपूर्ण साझेदारका रूपमा साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को भूमिकालाई जोड दिँदै कठिन विश्वव्यापी परिस्थितिका बीच विश्वव्यापी एकताका लागि आग्रह गरेका छन् ।

राजधानी अस्तानामा आयोजित एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले विश्वव्यापी चुनौतिको समाधानका लागि व्यक्तिगत प्रयास भन्दा सामुहिक ऐक्यबद्धताको आवश्यकतामा जोड दिए ।

“यी विश्वव्यापी चुनौतिलाई कुनै पनि राष्ट्रको एकल पहलमा समाधान गर्न सकिँदैन,” उनले उग्र युद्ध, भूराजनीतिक विभाजन र दण्डहीनताको समस्यातिर औंल्याउँदै भने महासचिवले विश्वव्यापी रूपमा दिगो विकास र मानव अधिकारको उपभोगका लागि शान्तिको वकालत गर्दै संयुक्त राष्ट्रसङ्घको बहुपक्षवादको केन्द्रीय भूमिकालाई उल्लेख गरे ।

उनले गाजा, युक्रेन र अफगानिस्तानजस्ता द्वन्द्व क्षेत्रमा तत्काल मानवीय युद्धविराम र समावेशी शासनका लागि आग्रह गरे ।

जलवायु सङ्कटलाई सम्बोधन गर्दै गुटेर्रेसले महत्त्वाकाङ्क्षी उत्सर्जन कटौती र जलवायु न्यायको आवश्यकतामा जोड दिँदै भने, “जलवायु परिस्थिति बिग्रिँदैछ, यसले पानी र खाद्य सुरक्षालाई खतरा पु¥याइरहेको छ र राजनीतिक अस्थिरतालाई बढावा दिइरहेको छ ।”

उनले विकसित देशहरूलाई जलवायु कार्यलाई समर्थन गर्न नवीन वित्तीय संयन्त्रहरू अवलम्बन गर्न आग्रह गरेका छन् ।

प्राविधिक क्षेत्रको अनियमित प्रयोगविरुद्ध चेतावनी दिँदै गुटेर्रेसले दिगो विकासका लागि आर्टिफसियल इन्टेलिजेन्स (एआई) को सम्भावनालाई प्रकाश पारे ।

उनले एआईसम्बन्धी नीतिहरूलाई आकार दिन समावेशी विश्वव्यापी सहभागिताको आवश्यकतामा जोड दिएका हुन् ।

विश्वव्यापी शासन संस्थाहरू पुरानो र समकालीन चुनौतिहरूलाई सम्बोधन गर्न अपर्याप्त भएको भन्दै महासचिव गुटेर्रेसले यसको सुधार आवश्यक रहेको बताए । उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सुधारको प्रस्ताव राख्दै आजको विश्वको वास्तविकतालाई प्रतिबिम्बित गर्ने नयाँ विश्वव्यापी एजेन्डा तयार गर्न वकालत गरेका छन् ।

गुटेरेसले आशावादी हुँदै आगामी सेप्टेम्बरमा हुने ‘फ्युचर’ शिखर सम्मेलनमा विश्व एकताको आह्वान गरेका छन् । “विश्व एकसाथ अगाडि बढ्नका लागि यो एउटा महत्त्वपूर्ण क्षण हो, उनले अन्तर्राष्ट्रिय सुधार र सहयोगको सन्दर्भमा महत्त्वपूर्ण छलफलका लागि विश्व नेताहरूलाई न्युयोर्कमा आमन्त्रित गर्दै बताए ।