© २०२३
२१ असार, काठमाडौ । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबाट बाहिरी सकेको एमाले आज बागमती सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै प्रदेश सरकारमा पनि संकट छाएको छ । बागमती एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाकाे नेतृत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समर्थन फिर्तासहित एमालेबाट बागमती सरकारका ५ जना मन्त्रीहरुले सामूहिक राजीनामा बुझाउने भएका छन् । अब मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको बागमती सरकार अल्पमतमा पर्नेछ । बागमतीमा कुनै दलको पन बहुमत छैन । प्रदेशमा एमालेका मन्त्रीहरुले राजीनामा बुझाउने तयारी गरिएका छन । मुख्यमन्त्री जम्मकट्टेल भने काठमाडौं छन ।