© २०२३
२१ असार, काठमाडौ । सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज ११ः१५ बजे बस्ने भएसंगै बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको भएपनि प्रधानमन्त्री प्रचण्ड समक्ष राजिनामा बुझाइसकेका मन्त्रीहरूलाई प्रश्नको सामना भने गर्नुपर्ने छैन । जवाफ दिनुपर्ने मन्त्रालय क्रमशः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रक्षा मन्त्रालयमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालय बताएको छ ।
तर संसदमा जवाफ दिनुपर्ने कतिपय मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्ड समक्ष राजिनामा बुझाइसकेका छन । याे संगै संसदमा उठेका प्रश्नकाे जवाफ कि प्रधानमन्त्रीले दिनुपर्नेछ नत्र अनुत्तरित रहने छन ।
त्यस्तै अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्” भन्ने प्रस्ताव आजको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।