© २०२३
२० असार, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन । नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उनलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । त्यस्तै महासचिवमा घनश्याम भुसाललाई र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको छ । उक्त तीन पदमा सर्वसम्मत चयन गरे पनि अन्य पद भने पार्टी सचिवालयले टुङ्ग्याउने भएको छ ।