© २०२३
२० असार, काठमाडौ । सुदूरपश्चिम प्रदेश सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुको पनि राजीनामा गराएपछि सुदूरका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् । मुख्यमन्त्री सोडारी काठमाडौंमा छन् । सुदूरपश्चिममा एमाले नेताहरुले मुख्यमन्त्रीको कार्यालयमा राजीनामा र सरकारबाट बाहिरिएको पत्र दर्ता गराइसकेका छन् । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका नेता तथ पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले एमाले सरकारबाट बाहिरिएको विषय टेलिफोन संवाद मार्फत मुख्यमन्त्री सोडारीलाई अवगत गराईसकेका छन ।