© २०२३
२० असार, काठमाडौ । गृहमन्त्री रवि लामिछाने पदमा रहेर सहकारी ठगीको छानविन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै गत जेठ १४ गते सर्वोच्चमा दायर गरिएको रिटकाे सुनुवाइ सकिएको छ । रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको थियोे । उक्त रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सपना प्रधान मल्लको संयुक्त इजलासमा निरन्तर सुनुवाइ हुँदैआएको उक्त मुद्दामा सुनुवाइ सकिएसंगै केही बेरमा आदेश आउने बताइएको छ । उक्त रिट अधिवक्ता अनुपम भट्टराईले दायर गरेका थिए । सो मुद्दामा अधिवक्ता भट्टराई र सहकारीपीडितका तर्फबाट मंगलबार जवाफी वहस भएको थियो। आज केही अधिवक्ताले जवाफी बहस गरेका थिए । लामिछानेको सहकारी ठगी प्रकरणसँग जोडिएको उक्त मुद्दामा आदेश कस्तो आउला त्याे भने हेर्ने भने बाँकी छ ।