© २०२३
२० असार, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेकोउजुरी परेपकाे जानकारी दिदै सोधपुछका लागि बोलाएकाे छ । बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डाेजर चलएर पर्खाल भत्किएको थियो ।