© २०२३
सन्तोष प्रसाद जोशी
बाजुरा – ०७८ सालमा तत्कालिन गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहिको पालामा सन्चालन भएको बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने फेरि बन्द भएको छ । बर्खा लागे सगैं पानीको बहाब बढेर फेरि बन्द भएको हो ।फेरि बनेदेखी सामान ढुवानीको भरको सहारामा जिबिका चलाएका कर्णाली पारिका बाशिन्दालाई पछिल्लो समय समस्या सामान ढुवानी गर्न समस्या परेको छ ।
कर्णाली पारी जाने नुन चामल निर्माणका सामान सिमेन्ट सरिया जस्ता सामान ढुवानी गर्न समस्या परेको हो ।बिगतका बर्षमा जेठ महिना सम्म चल्ने फेरि यो बर्ष बैशाखमै बन्द हुँदा सामान ढुवानीमा समस्या भएको फेरि अपरेटर दिपजङ्ग नाथले बताउनुभएको छ ।कर्णाली पारिका नागरिकले बर्खा लागेपछि हर समस्या भोग्नुपर्ने बाध्यता छ ।
भौगोलिक बिकटताको कर्णाली पारीको बस्ती माथी मिगु र तल साप्पाटा सम्मका नागरिकले फेरिको सहायताले बजारको सामान घरघरमा लगेर जान्थे ।फेरि बन्द भए देखि स्वामिकार्तिकका घरदैलोमा सामान आफ्नै गाडिबाट ढुवानी गरि सेवा गर्दै आउनुभएका व्यावसायि भगिरथ जङ्ग शाही पनि पछिल्लो समय ब्यापार घटेको बताउनुहुन्छ ।उहाँले भन्नूहुन्छ आफ्नै गाउँमा सामान बिक्री गरि सेवा गर्न पाउँदा खुशी थिए हिजो आज फेरि बन्द छ ।
दोहोरो घाटा भएको बताउनुभयो ।उसो त फेरि नचल्दा आफुहरुले पनि केही समयका लागि सामान कर्णाली बारपार गरि तेलतोरि साबुन सम्म घरायसी सानोतिनो खर्च चलेको परिश्रम गर्ने मजदुरहरूले बताएका छ्न ।गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत अमर बहादुर रोकायाका अनुसार फेरि नचल्दा राजस्वमा कमि आएको बताउनुभएको छ ।
कर्णालीमा पानि घट्न कम्तिको पनि दशै सम्म लाग्ने हुँदा आफू खाली बस्नुपर्ने बाध्यता रहेको अपरेटर नाथले बताउनुभयो ।