© २०२३
असार २० काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री एवम् प्रवक्ता डा.मुकुल ढकाललाई निलम्बन गरेको छ। महामन्त्री ढकाललाई बुधबार नै थमाइएको निलम्बनको पत्रमा पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको उल्लेख गरिएको जनाइएको छ । महामन्त्री ढकालले बुधबार बसेको केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए। तर अधिकांश उपस्थित केन्द्रीय सदस्यले बैठकको लाइभ नगर्न भनेपछि उनले मुखमा पट्टी बाँधेर बैठकमा विरोध जनाएका थिए । बैठकले प्रवक्ताको जिम्मेवारी नेता मनिष झालाई दिएको छ।