© २०२३
१९ असार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को १० औँ राष्ट्रिय महाधिवेशन चलिरहेको छ । एसका नेताहरूले विभिन्न पदमा आकांक्षा देखाएका छन । दसौँ महाधिवेशनमार्फत अध्यक्षमा दोहोरिने चाहाना माधव नेपालको छ । महासचिव घनश्याम भुसालले पनि अध्यक्षमै दाबी गरिरहेका छन् । महासचिवमा अहिलेसम्म जगन्नाथ खतिवडाले मात्रै दाबी गर्ने घोषणा गरेपनि अघोषित रूपमा प्रकाश ज्वाला, गङ्गालाल तुलाधर, डा. विजय पौडेल र जीवनराम श्रेष्ठले पनि महासचिवमा आकाङ्क्षा राखेका छन् । अर्को महत्त्वपूर्ण पद वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेले आकाङ्क्षा देखाएका छन । सचिव रामकुमारी झाँक्रीलाई भने उपाध्यक्ष बनाउने तयारी भएको समेत बुझिएको छ । ‘उपाध्यक्षमा एक जना महिला सुनिश्चित गरिएको छ । एकीकृत समाजवादीले अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधानमा प्रस्ताव गरेको छ ।