© २०२३
१९ असार, काठमाडौ । संक्रमणाकालीन न्यायसम्बन्धी विषयमा सहमति खोज्न बनेको कार्यदलले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल गरेको छ । बुधवार सिंहदरबारमा बसेको कार्यदलको बैठकले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा सकारात्मक छलफल भएको कार्यदलका सदस्य बताएका छन । आजको बैठकमा द्वन्द्वकालमा भएका घटनामा सँजाय र पीडितसँग सहमति लिने विषयमा सहमति नजिक पुगेकाले बताउदै टीआरसीमा देखिएका मुद्दाहरूमा सहमति खोज्न कांग्रेस, एमाले र माओवादीबाट तीन सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा माओवादीबाट शर्मासहित, कांग्रेसका लेखक र एमालेबाट महेश बर्तौला रहेका छन् ।