© २०२३
१९ असार, काठमाडौं । असार १८ गते नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेसंगै आज नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । काँग्रेसकाे केन्द्रीय कार्यसम्पादन समिति बैठमा बहुमत दलहरुले नयाँ सरकार बनाउने भनेर निर्णय गरेपछि मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन । याे संगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजीनामाकाे चाैतर्फि दबाबमा परेका छन । यद्यपि प्रचण्डले संवैधानिक बाटोबाट संसदमा विस्वासकाे मतको सामाना गर्ने तयारीमा रहेका बुझिन्छ ।