© २०२३
सन्तोष प्रसाद जोशी
बाजुरा -जिल्लाको बुढिनन्दा नगरपालिका भित्र रहेका अभिभावक बिहिन बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ।मंगलबार दिउँसो एक औपचारिक कार्यक्रमका बिच बुढिनन्दा नगरपालिका महिला तथा जेष्ठ नागरिक शाखा र शिक्षा शाखाको समन्वयमा सामाजिक विकास कार्यालय मार्तडी बाजुराको आर्थिक सहयोगमा आर्थिक वर्ष २०८०/०८१को वार्षिक कार्यक्रम अनुसार अभिभावक बिहिन भएका बालबालिकाहरुलाई वैकल्पिक हेरचाह अन्तर्गत सहारा बिहिन बालबालिकाहरुलाई एक जना बराबर ६ हजारका दरले आर्थिक सहयोग वितरण गरिएको छ।
नगरपालिकाका १ देखि १० वटै वडा भित्र रहेका आमाबाब नभएका र बाबु अथवा आमा गुमाएका टुहुरा बालबालिकाहरुलाई आर्थिक सहयोगका रुपमा नगद वितरण गरिएको नगर प्रबक्ता जंगबिर रोकायाले जानकारी दिनुभएको छ ।
जम्मा १ लाख ६८ हजार रुपैयाँ स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई सहयोग स्वरुप सो रकम बितरण गरेको सामाजिक विकास कार्यालय मार्तडीका प्रशासन सहायक गणेश चौधरीले बताउनुभएको छ ।
प्रबक्ता रोकायाको हातबाट टुहुरा र असहाय विपन्न वर्गका बालबालिकालाई नगद हस्तान्तरण गर्नुभयो । बालबालिकाको पढाई उत्तरोत्तर प्रगति कामना गर्दै शुभकामना सहित रकम बितरण गर्नुभएको हो ।
बालबालिकालाई सानो सहयोगले पढाईमा साथ सहयोग रहने उहाँले बताउनुभएको छ ।प्रबक्ता रोकायाले सहयोग गर्ने सामाजिक विकास कार्यालय मार्तडी बाजुरालाई धन्यवाद दिनुभएको छ । सामाजिक विकास कार्यालय मार्तडी बाजुरा द्वारा नगरपालिकाका अभिभावक बिहिन बालबालिकाहरुका लागि वैकल्पिक र केही समय पढाई खर्च चलाउनका लागि सहयोग गरिएको उहाँले बताउनुभयो ।
उपस्थितिमा अभिभावक बिहिन २८ जना बालबालिकाहरुलाई आर्थिक सहयोग वितरण गरिएको पालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिनुभएको छ ।
वडा नं १० का वडा अध्यक्ष नन्द बहादुर रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा
कार्यपालिका सदस्य शाखाका प्रमुख संघ संस्थाका कर्मचारी तथा पत्रकार को उपस्तिथि रहेको थियो ।