© २०२३
१८ असार, काठमाडौ । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच असार १७ मा नयाँ समझदारकाे खाका बनेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली मध्यराति शितलनिवास पुगेका थिए । ओली डेढ वर्ष र देउवा बाँकी समय प्रधानमन्त्री बन्ने काँग्रेसका भागमा गृह मन्त्रालय सहित १० र एमालेकाे भागमा अर्थ मन्त्रालय सहित ९ मन्त्रालय पर्ने गरि भागबन्डा समेत भैसकेका बेला आज फेरि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पार्टीको १०औं महाधिवेशनको चटारोकाबीच नेपालले देउवासँग बुढानिलकण्ठमा पुगेर भेटवार्ता गरेका हुन् । देउवालाई भेट्न बुढानिलकण्ठमा जानुअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटेका थिए । नेपालले दाहाल र देउवा दुवै नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेपछि भेटवार्ता सकारात्मक भएको आफूनिकट नेताहरुसँग ब्रिफिङ गरेका छन् ।