© २०२३
१८ असार, काठमाडौ । नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारकाे प्रतिपक्षमा रहेका दलहरूलाई देउवा निवास बूढानीलकण्ठमा बैठक बस्ने गरि बोलाएको छ । कांगेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् । जनता समाजवादी पार्टी नेपाल, र लोकतान्त्रिक समाजवादी पार्टी कांग्रेस–एमाले सहकार्यको सरकारमा सहभागी हुनसक्ने बुझिएको छ । एमाले अध्यक्ष ओली आफू नेतृत्वको सरकार दुई तिहाइको बनाउन चाहन्छन् । त्यसका लागि सबै पार्टीलाई सामेल गराउनेगरि छलफल चलाएका छन्। तर राप्रपा र जनमाेर्चा अहिले नै सरकामा सामेल हुनसक्ने सम्भावना पनि प्रवल छ ।