© २०२३
२५ चैत, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । संविधानमाथि बलमिच्याइँ गरेर सरकार बनाउने एमाले–माओवादीको प्रयासमा सभामुख र प्रदेश प्रमुखले साथ दिएपछि अधिकारी मुख्यमन्त्री बनेका हुन् ।
अल्पमतमा परेका तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले त्यही दिन संविधानको धारा १६८ ९२० अनुसार सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका थिए ।
दुई वा दुईभन्दा बढी दल मिलेरसरकार गठनका लागि २७ गते दिउँसो ३ बजेभित्र दाबी पेश गर्नुपर्ने थियो । दुई सांसद भएको राप्रपाले एमाले–माओवादी गठबन्धनलाई साथ नदिने निर्णय गरेपछि बहुमतको सरकार असम्भव जस्तै बनेको थियो । तर आइतबार विहान एमाले संसदीय दलका नेता अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरे । उनले एमालेका २२, माओवादीका ८ ९सभामुखसहित० र स्वतन्त्र सांसद दिपक मनाङेको समेत आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए । प्रदेश प्रमुखले केही घन्टामै मुख्यमन्त्री नियुक्त गरे ।
मुख्यमन्त्री अधिकारीले साथै तीन सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । माओवादी दलका नेता हरिबहादुर चुमान र संसद मनाङेलाई विना विभागीयमन्त्री बनेका हुन् । तटस्थ बस्नुपर्ने सभामुखको सहभागितामा सरकार बनेको भन्दै प्रदेश सभाको ठूलो ९२७० दल नेपाली कांग्रेस कांग्रेसले कानुनी उपचारको तयारी गरेको छ । संवैधानिक कानुनका जानकारहरुले पनि सरकार गठनमा सभामुखको प्रयोग, संविधानसँगै सर्वोच्च अदालतको फैसलाको उल्लंघन भनेका छन् ।