© २०२३
१८ असार काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ । सर्किट ब्रेक खुलेको एक मिनेट नबित्दै दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि सेयरको खरिदबिक्री बन्द भएको हो । शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ भने २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ । त्यसै गरी ६ प्रतिशतले परिसूचक बढेमा दिनभरिको कारोबारमा ब्रेक लाग्ने गर्दछ । अर्थात् दिनभरको कारोबार नै बन्द हुने गर्दछ । सेयर बजारको वर्तमानमा परिस्थितिलाई कतिपयले सत्ता समीकरण परिवर्तनले नयाँ अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे आगमन हुनसक्ने कतिपय सेयर काराेबारी हरूले विश्लेषण गरिरहेका छन ।