© २०२३
१८ असार , काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड परामर्शमा जुटेका छन् । अहिले आफ्नाे दल माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बोलाएका छन् । त्यसपछि सत्ता गठबन्धनमा रहेका दलहरुसँग परामर्श गर्ने छन । तर प्रचण्ड राजीनामा दिने कि संसद्मा विश्वासको मत लिने भन्ने छलफलमै छन् । प्रधानमन्त्रीको मूड तत्काल राजीनामा नदिने देखिन्छ । ३० दिनपछि विश्वासको मत लिनसक्छन । यद्यपि उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको बाटो खुल्छ ।