© २०२३
१७ असार, काठमाडौ । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बालकोटमा नयाँ समझदारी बनेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली शितलनिवास पुगेका छन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेगरि कांग्रेसले एमालेसँग सत्ता सहकार्यको लागि आज राति सहमति गरेको छ ।दुई दलबीच भएको सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । ओलीले डेढ वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले बाँकी समय सरकारको नेतृत्व गर्ने समझदारी बनेको हो ।
कांग्रेसले गृह सहित १० र एमालेले अर्थ सहित ९ वटा मन्त्रालय लिने सहमति भएको छ । एमाले र काँग्रेसकाे बीचमा संविधान संशोधन गर्ने विषयमा केन्द्रित रहेर सत्ता सहकार्यको सहमति बनेको बुझिएको छ । दुई ठूला दल मिलेर देशलाई राजनीतिक स्थायित्व प्रदान गर्नको लागि नयाँ समझदारी गरिएको भन्ने प्रतिक्रिया नेताहरूबाट आइरहेका छन ।