© २०२३
काठमाडौं, १७ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने गरी भद्र सहमति भएको बुझिएको छ । सहमति अनुसार २०८४ सम्मको आधा कार्यकाल ओली र त्यसपछिको बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्नेछन् ।
देउवा र ओलीले गृह, अर्थ र सञ्चार जस्ता महत्वपूर्ण मन्त्रालय प्रधानमन्त्रीकै दलले पाउने गरी सहमति समेत गरेको विश्वस्त स्रोतले बताएको छ । साना योजदलमध्ये जसपा नेपाल, लोसपा र राजमोलाई पनि सत्तामा ल्याएर मन्त्रालय दिने सहमति बनेको छ ।
तेस्रो ठूलो दल माओवादी केन्द्र र उसका अध्यक्ष प्रचण्डले दुई ठूला दलको टकरावको फाइदा उठाएर सत्ता चलाइरहेको, शक्तिको आँडमा आफू र आफ्ना कार्यकर्तामाथि तारो बनाएको निष्कर्षमा समेत देउवा र ओली पुगेका छन् । उनीहरुले राजनीतिक स्थिरता कायम गर्न पनि सहमतिको राजनीति अनिवार्य भएकाले मिलेर जानेगरी योजना तय गरेका छन् । कुनै अप्रत्याशित घटना नभए चाँडै ओली नेतृत्वको सरकार बन्नेछ ।