© २०२३
१७ असार, काठमाडौ । कांग्रेस र एमालेबीच सत्ता–सहकार्यको चर्चा चलिरहेको बेला दुवै दलका शीर्ष नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली आजै साँझ ७ बजेसम्म आ–आफ्नो दलबाट निर्णय अनुमोदन गर्नेगरि अन्तिम तयारीमा जुटेका छन् ।
देउवा आफ्नो निवास बुढानिलकण्ठमा पदाधिकारी संग बैठक बसिरहेका छन् र बैठकमा ओलीसँग भएको छलफल सकारात्मक रहेको र छिट्टै सत्ता सहकार्य हुनेबारे ब्रिफिङ गरेका छन् । यता, ओलीपनि आफूनिकट नेताहरुसहित निर्णायक छलफलमा जुटेका छन् । ओलीले सरकारमा सहभागी पार्टीका मन्त्रीहरुलाई स्ट्याण्डबाई राखेका छन । आज साँझ ६ः३० बजे बालकोटमा सामूहिक छलफलको लागि खबर समेत गरिसकेका छन। वर्तमान राजनीतिक गतिविधि हेर्दा शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली आजै बोल्ड डिसिजन गर्न सक्छन् ।