© २०२३
१७ असार, काठमाडौ । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुका बिचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन नहुने बताएका छन । पछिल्ला राजनीतिक घटनाक्रम र समाचारहरुलाई नजिकबाट नियाल्यौँ भने सिङ्गै राजनीति तरङ्गित भएकाे देखिन्छ तर सत्तापक्ष दलका नेता र प्रतिपक्षका दलका नेताका बिचमा संवाद हुँदा वित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउन नसक्ने उनले भने ठुला–ठसला ब्यानर न्यूजहरु हामीले पढ्न पाउछौँ । ‘‘मलाई त्यस्तो के लाग्दैन भने तुरुन्तै दुईजना नेताहरु बस्न वित्तिकै पुरै सत्ताको समीकरण उलटफेर हुने सत्ताको समीकरण नै बदलिने त्यस्तो परिस्थितिका रुपमा हाम्रो जे भाष्य बनाउने, विश्लेषण बिना नै निष्कर्षमा पुग्ने जे परिपाटी छ । यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन । त्यसमा सत्यता छ मलाई त्यस्तो पनि लाग्दैन । तरपनि राजनीतिक दलका नेताहरुका बिचमा संवाद हुने कुरा सकारात्मक हो र राम्रो हो ।