© २०२३
सुदूरपश्चिम प्रदेश गरिबीको उच्च चपेटामादेखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (अर्धवार्षिक प्रतिवेदन) सार्वजनिक गर्दै ३४.१६ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको जनाएकाे छ । यो नेपालको सातवटा प्रदेशमध्येको उच्च हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले हालैमात्र सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० को नतिजा अनुसार हाल नेपालको गरिबको दर २०.२७ प्रतिशत रहेको छ । उक्त सर्वेक्षणले वार्षिक ७२ हजार ९ सय ९ रुपैयाँभन्दा कम उपभोग गर्ने व्यक्तिलाई गरिबीको रेखामुनि राखेको छ । जस अनुसार हाल सुदूरपश्चिम प्रदेशको कूल जनसङ्ख्याको ३४ प्रतिशत अर्थात् एकतिहाइ जनताले वार्षिक ७२ हजार ९ सय रुपैयाँ बराबरको उपभोग्य वस्तु उपभोग गर्ने सामर्थ्य पनि राख्दैनन् ।