© २०२३
सन्तोष प्रसाद जोशी
बाजुरा -जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका भित्र रहेका अभिभावक बिहिन बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ।असार १६ गते सोमबारका दिन एक औपचारिक कार्यक्रम बिच सामाजिक विकास कार्यक्रम मार्तडी बाजुराको आर्थिक वर्ष २०८०/०८१को वार्षिक कार्यक्रम अनुसार अभिभावक बिहिन भएका बालबालिकाहरुका लागि वैकल्पिक हेरचाह कार्यक्रम बाल बालिकाहरुलाई एक जनालाई बराबर ६ हजारका दरले आर्थिक सहयोग वितरण गरिएको छ। स्वामीकार्तिक खापर गाउँपालिका भित्र रहेका बाबु आमा नभएका र बाबु अथवा आमा गुमाएका टुहुरा बालबालिकाहरुलाई आर्थिक सहयोग वितरण गरिएको हो । जम्मा १ लाख ६८ हजार रुपैयाँ स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई सहयोग स्वरुप सो रकम बितरण गरेको सामाजिक विकास कार्यालय मार्तडीका प्रशासन सहायक गणेश चौधरीले बताउनुभएको छ ।
स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले टुहुरा र असहाय विपन्न वर्गका बालबालिकालाई नगद हस्तान्तरण गर्नुभयो । बालबालिकाको पढाई उत्तरोत्तर प्रगति कामना गर्दै शुभकामना सहित रकम बितरण गर्नुभएको हो । बालबालिकालाई सानो सहयोगले पढाईमा साथ सहयोग रहने भएको छ।अध्यक्ष रोकायाले सहयोग गर्ने सामाजिक विकास कार्यालय मार्तडी बाजुरालाई धन्यवाद दिनुभएको छ । सामाजिक विकास कार्यालय मार्तडी बाजुरा द्वारा स्वामीकार्तिक खापर गाउँपालिकामा रहेका अभिभावक बिहिन बालबालिकाहरुका लागि वैकल्पिक हेरचाह कार्यक्रम भनेर सहयोग गरिएको छ।
स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाको अध्यक्षतामा अतिथि वडा नम्बर १ का वडा अध्यक्ष अजय कुमार विक, ३ का वडाका अध्यक्ष प्रेम बहादुर कटेल, ४ नम्बर वडाका वडा अध्यक्ष सिंह धामी, न्यायीक समिति संयोजक महेश कटेल र सामाजिक विकास कार्यालय मार्तडीका प्रशासन सहायक गणेश चौधरी पत्रकार उमेश जङ्ग शाही सहितको उपस्थितिमा अभिभावक बिहिन २८ जना बालबालिकाहरुलाई आर्थिक सहयोग वितरण गरिएको पालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिनुभएको छ ।