© २०२३
१६ असार, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ताको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिचको भेटवार्ताले राष्ट्रिय राजनीति तरङ्गित भए संगै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयुबारे संशय पैदा भएको छ ।
कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूले सार्वजनिक रूपमा सत्ता सहकार्यको वकालत गरिरहेका बेला देउवा र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । शनिबार ओलीले देउवालाई आफ्नै निवास बोलाएर कुराकानी गरेपछि सत्ता गठबन्धनमा हलचल मच्चिएको बुझिन्छ । ओली–देउवा भेटलाई लिएर आइतबार प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेसँग वार्ता समेत गरे । प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेसँगको छलफलपछि एमाले अध्यक्ष ओलीले सबैसँग छलफल भइराखेको प्रतिक्रिया दिएका छन् । यता कांग्रेस सभापति देउवाले पनि आन्तरिक छलफल तीव्र पारेका छन् । देउवाले कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि वातावरण निर्माणमा गर्न तिर लाग्न पार्टीका नेताहरूलाई खटाइएको बुझिएको छ। कांग्रेस र एमालेबिच सत्ता सहकार्य हुनसक्ने कतिपयले विश्लेषण गरिएका छन ।