© २०२३
१६ असार,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई महत्व नदिएको प्रतिक्रिया दिएका छन् । उनले आफूले प्रधानमन्त्री प्रचण्डलाई सानातिना नियुक्ति, सरुवा,बढुवातिर नअल्झिएर नीति निर्माणको पक्षमा कदम चालौं भन्दा सुनेको नसुन्यै गरेको बताएका हुन् । हिजो मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासंग भेट गरेका ओलीको यो प्रतिक्रियाले धेरै कुराकाे संकेत गर्ने विज्ञहरू बताउँछन् ।