© २०२३
१६ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अस्थिर प्रवृत्तिको नभएको र आफ्नै गतिशीलताले जनयुद्ध हुँदै शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको दाबी गरेका छन । उनलेे ‘प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैन थियो । प्रचण्ड अलि अस्थिर (इन्भ्रटेड कमाको अस्थिर है, फेरि साँच्चै अस्थिर नठान्नुहोला) शान्ति सम्झौता पनि हुँदैन थियो । यो प्रक्रियामा हामी यहाँ आइपनि पुग्ने थिएनौं । अर्को कोही छ ?’ प्रश्न गर्दै उनले भने मेरो दाबी के छ भने, नेकपा (माओवादी केन्द्र) र यहाँ विप्लवजी पनि हुनुहुन्छ, एक ठाउँमा बस्ने भन्ने हुँदैन हाम्रो । हामी दौडिराखेका हुन्छौं । तर, यो सही थियो या गलत थियो भन्ने मूल्याङ्कन कसरी गर्ने ? त्यो दौडाइबाट नेपाली समाज अगाडि बढ्यो, सामन्ति निरङ्कुशताबाट देश गणतन्त्रमा गयो भनेपछि त्यो गतिशीतला हो अस्थिरता होईन । यदि युद्धबाट शान्तिमा देश आयो भने त्यो गतिशीलता हो, अस्थिरता होईन, अराजकता होईन,’– उनले भने ।
एकीकृत समाजवादीले आफ्नो राजनीतिक प्रतिवेदनमा माओवादीलाई अस्थिर राजनीतिक दलको रुपमा चित्रण गरेको थियो । माओवादीलाई सम्मान गर्नुपर्ने एकीकृत समाजवादीले अपमान गरेको उनको भनाइ छ । जसलाई सम्मान गर्नुपर्ने हो त्यसलाई अपमानित गरियो भने राम्रो हुँदैन नि,’– उनले भने ।