© २०२३
असार १६ काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफ जारी छ।
शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच बालकोटमा भेटवार्ता भएसंगै राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ ।
देउवाले ओली संग अघि सारेको सहकार्यको प्रस्तावमा ओलीलाई प्रधानमन्त्रीको अफर गरेकाे बुझिएको छ। यस घटनाबाट अत्तालिएका प्रचण्डले बिहानै फोन गरेर ओली र लामिछाने संग भेट्ने प्रस्ताव राखेका थिए ।