© २०२३
सन्तोष प्रसाद जोशी बाजुरा
हुम्लाको अदानचुली गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि संचालक समितिको क्षमता अभिवृद्धि सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । अदानचुली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा दुई दिने कार्याशाला गोष्ठी गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो । शुक्रवार दिउँसो जिल्ला समन्वय उपप्रमुख दलु फडेराको प्रमुख आथित्यमा शिक्षा शाखा प्रमुख मनदत्त ढकालको अध्यक्षतामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हंश महताराले मन्तव्य राख्दै सबै बिधालयको गुणस्तर खस्किदो अबस्थालाई मध्यनजर गरि नितिगत कुरालाई जोड दिनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा अदानचुलीलाई अबिभाबक शिक्षक र बिद्यार्थीलाई कुरा हैन काम, तरल हैन ठोस हुनुपर्ने उहाँको जोड छ । उपाध्यक्ष कण रोकायाले एक जना हेड सर हुनका लागि माबी खोल्नुभन्दा पढाईप्रती ध्यान दिनुपर्ने कुरा बताउनुभयो । बिद्यालय होईन शिक्षकको राजनितिले गर्दापनी पढाइ बिग्रेको हो ।
उहाँले एसइइको रिजल्ट आईरहँदा संतोषजनक नरहेको प्रती दुख व्यक्त गर्नुभयो । राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दापनी हामी सचेत भएनौं भने शिक्षा क्षेत्रमा अदानचुली दुर्घटना पर्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिहले शैक्षिक क्षेत्र सुधार गर्न स्थानिय पाठ्यक्रम अनुरुप पढाईयो भने नैतिकवान शिक्षा हासिल गर्नुपर्ने बताउनुभयो ।
परीक्षा खुकुलो हुँदा बिद्यार्थीले खासै मेहनत नगरेको पाइएको प्रती दुख व्यक्त गर्नुभयो । कुन बिद्यालयको कुन अबस्था छ चेक जाँच गरि आगामी दिनमा अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । अदानचुलिका २० वटा बिध्यालयको शिक्षा खस्किदो अबस्थामा रहेको प्रती उहाँले निराशाजनक बाताबरण रहेको बताउनुभयो ।