© २०२३
कर्णालीका दुर्गम जिल्लाका अस्पतालमा दक्ष चिकित्सक र आवश्यक उपकरण नहुँदा हजारौँ बिरामीहरू दुख खेप्न छन्। कतिपय बिरामीहरूले बाटोमै ज्यान गुमाउने गरेका छन्। मुगु, कालिकोट, जाजरकोट, दैलेख,सल्यान र रुकुम पश्चिमका बिरामीलाई सडकबाट जुम्ला,सुर्खेत र नेपालगन्जका अस्पतालमा पुग्न घण्टौँ लाग्छ। हुम्ला र डोल्पाका बिरामीले कि हवाईजहाज पर्खनुपर्छ कि हेलिकोप्टर चार्टर गर्नु बाहेक अरू विकल्प हुँदैन।
चाहिएको समयमा जहाज र एम्बुलेन्स नपाउँदा गाडीहरूले मनपरी भाडा लिने गरेको भुक्तभोगीहरू बताउँछन्। जहाजमा पनि बिरामीले पालो पाउँदैनन् पावर र पहुँचवालाले मात्रै पाएको गुनासो बिरामीका आफन्तको छ। आफन्त बिरामी हुँदा ऋण सापट गर्ने,पशुचौपाया बेच्ने,खेतगरा बेचेर उपचार गर्नुपर्ने बाध्यता छ। सरकारको ध्यान भने दुर्गमका अस्पतालमा दक्ष जनशक्ति, अत्यावश्यक उपकरण र चाहिएको औषधी व्यवस्था गर्नेतिर भन्दा पनि कराडौ रकम खर्चेर नयाँ भवनहरू बनाउनेतिर गएको जानकारहरू बताउँछन्। मुगु,जाजरकोट, कालिकोट, डोल्पा जिल्लाका अस्पतालका नयाँ भवनहरू निर्माण गरिएका छन्। दैलेख, सल्यान, पश्चिम रुकुम र हुम्ला अस्पतालका भवनहरू निर्माणको काम अन्तिम चरणमा छ।
करोडौं रकम खर्चेर बनेका अस्पतालमा आवश्यक स्वास्थ्य सेवा सुविधा नहुँदा आफुहरु मर्कामा परेको कर्णालीवासी गुनासो छ।