© २०२३
एजेन्सी, १४ असार । ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटमा उपाधिका लागि भारत र दक्षिण अफ्रिका शनिबार खेल्नेछन् । यी दुवै टोली बलियो मानिन्छन् तर भारत तुलनात्मक रुपमा दक्षिण अफ्रिकाभन्दा प्रभावशाली देखिन्छ ।
विश्वकपको फाइनलसम्मको यात्रामा भारतले समूह चरण र सुपर ८ का सबै खेल सानदारका साथ जित्यो । तर, दक्षिण अफ्रिका भने समूह चरणबाटै झण्डै बाहिरिएको थियो ।
नेपाललाई १ रनले जित्दा उसलाई भाग्यले पनि साथ दिएको थियो । निकै संघर्षका साथ दक्षिण अफ्रिका सुपर ८ मा पुगेको थियो ।
प्रदर्शनका हिसाबले भारत प्रभावशाली छ । तर, फाइनलसम्म पुग्दा दक्षिण अफ्रिकाको मनोबल निकै बढेको छ । उसका बलरहरु ब्याट्स्म्यान जस्तै चम्किएका छन् ।
यसपटक धेरैले भारतलाई उपाधिको दाबेदार मानेका छन् । तर, खेल हो परिणाम कुर्नपर्ने हुन्छ ।