© २०२३
काठमाडौं । मदिरा पिएर होहल्ला गरेको आरोपमा गायक राजेशपायल राई चैत २२ गते पक्राउ परे । आइन्दा यस्तो नगर्ने शर्तमा सचेत बनाएर प्रहरीले सोही दिन छाड्यो । उक्त घटनापछि गायक राईलाई लिएर सामाजिक सञ्जाल व्यापक टीकाटिप्पणी भयो । कतिपयले सेलिब्रेटी भएर यस्तो हर्कत उचित नभएको टिप्पणी गरे । अन्यले सानो कुरालाई ठूलो बनाइएको बताए । उक्त घटनापछि राजेशपायलले पहिलोपटक प्रतिक्रिया दिएका छन् । हिमालय टेलिभिजनको टक शो ‘अँध्यारोबाट उज्यालोतिर’मा कुरा गर्दै उनले आफूलाई पक्राउ गरिएकोमा असन्तुष्टि जनाएका छन् ।
‘यहाँ त शिव भगवानले भाङ धतुरो खान्छ, गाँजासाजा खान्छ । उहाँ अहिले जीवित भएको भए त वन्यजन्तु आरक्षको बाघको छाला काढेकोमा जेल हाल्छ । भगवानलाई पनि जेल हाल्न तयार छन् यी मान्छेहरु । म त मान्छे हो,’ उनले भने । उनले राति पक्राउ गर्ने शैलीप्रति पनि आपत्ति जनाएका छन् । ‘चार(चारवटा भ्यान ल्याउनुपर्छ २ बजे हो भनेदेखि । ६ जना मान्छेलाई त एउटा भ्यानले पुगिहाल्छ नि,’ उनले भने ।
आफूलाई पक्राउ गर्ने प्रहरीलाई आफूले जवाफ दिएको समेत राईले बताए । ‘मैले डीएसपी बुढाथोकी सरलाई पनि भनें– यो चीजले तपाईंहरुको फुली बढ्छजस्तो, छाती चौडा भयो त रु तपाईंको शिर झुक्दैन रु न्युज लेखाउँदा पनि एकदम मत्थु मातेको थियो भन्दा मजा आयो राजेशपायल राईलाई रु’ टक शो ‘अँध्यारोबाट उज्यालोतिर’ बुधबार राति ९ बजे हिमालय टिभीमा प्रसारण हुन्छ ।