© २०२३
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य श्याम घिमिरेले(रिपोर्टर्स क्लब) नेपालमा बोल्ने क्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्को रोस्ट्रममै उभिएर ‘भ्रष्टाचारको फाइल खोल्छु, मैले भ्रष्टाचारका फाइल खोले भने कांग्रेसका नेताहरु जेलमा हुनुहुनेछ’भनेको स्मरण गराउँदै उनले को–को ? कहाँ–कहाँ भ्रष्टाचारी छन् ? खोजेर कारबाहीको दायरामा ल्याउन चूनौती दिदै यसरी भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याएमा गृहमन्त्रीलाई स्यालुट गर्ने उनले बताए ।
‘गृहमन्त्री हामीसँग चिँढिनु नै भयो । हामीले उठाएका प्रश्नहरुले उहाँ चिँढिनुपर्ने आवश्यक्ता थियो कि थिएन ? अहिले छानविन समिति गठन भयो । अब कांग्रेसले यति गरेपछि‘भ्रष्टाचारको फाइल खोल्छु, मैले भ्रष्टाचारका फाइल खोले भने कांग्रेसका नेताहरु जेलमा हुनुहुनेछ’ भनेर गृहमन्त्रीले संसद्कै रोस्टममा उभिएर भाषण गर्नुभएको छ ।’ उनले भने,गरे भइगयो नि त ? म उहाँलाई खुल्ला चुनौति दिन चाहन्छु । गर्नुस्, भ्रष्टाचारी कहाँ–कहाँ छन् ? को–को छन् ? कांग्रेसमात्रै होईन, अन्य पार्टीमा पनि होलान् ? तपाईँले भ्रष्टाचारको अभियोगमा थुन्न सक्नुभयो र कानुनको दायरामा ल्याउन सक्नुभयो भने सबैभन्दा पहिला स्यालुट गर्न म पुग्छु।