© २०२३
विकिलीक्सले लामो कानुनी उतारतढावपछि आफ्ना संस्थापक जुलिअन असान्ज अमेरिकी अधिकारीहरूसँग भएको एउटा सम्झौता अनुरूप यूकेको जेलबाट छुटेको जनाएको छ। यद्यपि उनले अब अमेरिकी अदालतमा उपस्थित भएर आफूले अमेरिकाले लगाएको आरोप अनुसारको अपराध भने स्वीकार्नु पर्ने बताइएको छ।
असान्जलाई राष्ट्रिय सुरक्षासम्बन्धी अति गोप्य सूचना अनधिकृत रूपमा प्राप्त गर्ने तथा त्यस्ता सूचनाहरू चुहाउने कार्य गरेको अभियोग लगाइएको थियो।
अमेरिकाले वर्षौँदेखि विकिलीक्सले इराक र अफगानिस्तान युद्धबारे कैयौँ गोप्य सूचनाहरू उजागर हुने गरी सार्वजनिक गरेका कागजपत्रहरूले मानिसहरूको ज्यान खतरामा पारेको दाबी गर्दै आएको थियो।
असान्जले पछिल्ला पाँच वर्ष ब्रिटेनको जेलमा बिताए। उनी त्यहाँ अमेरिकामा गर्न लागिएको सुपुर्दगीविरुद्ध कानुनी लडाइँ लडिरहेका थिए।