प्रधानमन्त्री ओलीको नेतृत्वमा ७८ सदस्यीय टोली चीन प्रस्थान स्थानीय तह उपनिर्वाचन: दलहरूको मिश्रित प्रदर्शन कीर्तिपुरका जनताले भ्रष्टाचारमुक्त नगरको सपना देखिरहेका छन्, डा. महर्जनको जित पक्का हुन्छ : प्रचण्ड लगानीको गति बढाउन कानुनी बाधा हटाउनुपर्छ: अध्यक्ष ढकाल कीर्तिपुरको चुनाव जनमत संग्रहसरह: राजेन्द्र पाण्डे गढीमाई मेलाको व्यवस्थापनमा मदेश सरकारको सक्रियताले मुख्यमन्त्री सिंहको प्रशंसा परिणाममुखी परिवर्तनका लागि प्रधानमन्त्रीको निर्देश जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री ओली रास्वपाका २० सांसदविरुद्ध अदालतको अपहेलना मुद्दामा प्रमाण पेश गर्न सर्वोच्चको आदेश सभापति लामिछानेलाई काठमाडौं ल्याइँदै: सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा बयान प्रक्रिया सुरु प्रधानमन्त्री ओलीको चीन भ्रमण बीआरआई परियोजनामा दलहरू बीच द्वन्द्व फरक दृष्टिकोण ओली सरकारलाई संकटको सुरुवात, जनमतले फिर्ता लिनसक्ने समर्थन नेपालले बीआरआईबाट लाभ लिनुपर्छ: पुर्व प्रधानमन्त्री भट्टराई सुनको मूल्यमा ऐतिहासिक गिरावट एकैदिन तोलामा १६ हजारले कमी स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलद्वारा मृत्युपश्चात अंगदान गर्ने परिवारलाई २ लाख प्रोत्साहन दिने निर्णय रवि लामिछानेमाथि थप १५ दिन हिरासतमा अनुसन्धानको अनुमति दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश काठमाडौँ महानगरको १ लाख जरिवानाको पत्र एमालेले गर्‍यो अस्वीकार रास्वपाका सांसदहरूमाथि अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ ट्रम्पको मिडिया कनेक्शन, सल्लाहकारदेखि राजदूतसम्म मिडियाकर्मी काठमाडौं महानगरको जरिवाना नीतिबाट एमालेलाई १ लाख, ९० लाख सङ्कलन नेकपाको ११औं वार्षिकोत्सवमा जनसभा विप्लवको विशेष सम्बोधन धरहरा चढ्ने शुल्क दुई सय देखि हजार सम्म प्रचण्डबाट आजित भएर कांग्रेस-एमाले मिल्यो: काँग्रेस प्रवक्ता महत महत पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानसहित अन्त्येष्टि उपनिर्वाचनमा साना दललाई सकस गृहमन्त्री लेखकसंग एसएसबी प्रमुख को भेट प्रधानमन्त्रीको आसन्न चीन भ्रमण बारे संसदीय समिति निर्णायक छलफलमा न्यायको आवाजलाई सशक्त बनाउँदै शिव नेपाली पोखरामा २८ दिन देखि धर्ना जारी सांसद बजगाईंको आरोप विरुद्ध मन्त्री पाण्डेको कडा प्रतिक्रिया, प्रमाणित भए राजनीति छोड्छु खोरमा थुन्दैमा बाघ स्याल हुँदैन : रवि लामिछाने मानव तस्करीकाे आरोप लागेका एमाले नेता लिलाबल्लभ अधिकारी थप ७ दिन हिरासतमा सडक सुरक्षा मजबुत बनाउन क्षमता भन्दा बढी यात्रु बोक्न नदिन गृहमन्त्री लेखकको निर्देशन रवि लामिछाने सहकारी ठगी प्रकरणमा रुपन्देही पुर्‍याइए, १४ करोड अपचलनकाे अनुसन्धान हुँदै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु जनअपेक्षाअनुसार चल्न सरकारलाई कांग्रेस नेता महरकाे चेतावनी ओली सरकारका १०० दिन प्रगति विवरण आज सार्वजनिक हुँदै टीआरसी पदाधिकारी सिफारिस समिति पुनर्गठन मन्त्रिपरिषदका २३ महत्वपूर्ण निर्णय तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा महत्त्वपूर्ण बैठक सुरु प्रधानमन्त्री ओली र जापानी राजदूत युताकाबीच शिष्टाचार भेट, विपी राजमार्ग पुनः निर्माणबारे छलफल बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापन कार्य छिट्टै अघि बढ्छ : प्रधानमन्त्री ओली जनार्दन शर्मा र विप्लवको कपिलवस्तुमा भेट, माओवादी एकता हुन सक्ने नयाँ संकेत सुदूरपश्चिम माओवादी केन्द्रका नेताहरूको जिम्मेवारी तोकियो दशैं सुरक्षामा कडाइ, सडक दुर्घटनाबाहेक अन्य घटना शून्य : प्रहरी प्रवक्ता परिवारसँगको सान्निध्य र समाजको अध्ययन गर्ने अवसर हो दशैं सादगी, परोपकार र उद्योगको सशक्त स्तम्भ रतन टाटाको अवसान प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन नेपाल नयाँ शीतयुद्धको इपिसेन्टर बन्ने खतरा: प्रचण्ड ट्याङ्करमा लुकाई ३९२ किलो गाँजा ओसारपसार: मकवानपुर प्रहरीले पक्राउ गर्‍यो

भारतको चुनावमा के होला

२४ चैत्र २०८०, शनिबार

विपिन देवः सन् २०२४ लाई चुनावी वर्ष भन्न सकिन्छ । संसारको ६४ वटा मुलुकहरूले चुनावी प्रक्रियाद्वारा जन अभिमत प्राप्त गर्दैछ । प्रजातान्त्रिक पद्धतिमा चुनाव उत्सव, उल्लास र अवसरको घडी हो भन्ने अधिनायकवादी पद्धतिमा चुनाव एउटा कर्मकाण्ड मात्र हो । सन् २०२४ मा भारतीय चुनावी प्रक्रियालाई महाकुम्भको रूपमा नै चित्रित गर्न सकिन्छ । सन् २०२४ अप्रिलदेखि जुन ४ सम्म हुन गइरहेको उक्त चुनावमा ९७ करोड मतदाता हुनेछ । यी मतदाताहरूको लागि १० लाख भन्दा बढी मतदान केन्द्र निर्धारण गरिएको । ५० को दशकमा माक्र्सवाद, समाजवाद, क्षेत्रीयता र भाषाले चूनावी भाष्य निर्धारण गर्ने गरेको थियो ।

६० को दशकमा राष्ट्रवादले चुनावी भाष्य लियो । सन् १९६२ मा चीनसंग पराजीत हुनु र सन् १९६५ मा पाकिस्तानलाई पराजय गर्नु जस्ता मुद्दाहरूको चुनावमा गहिरो प्रभाव देखिन्थ्यो । वर्तमान परिवेशमा चुनावी विर्मशमा राजनैतिक प्रस्तावनाले कुनै खास महत्व राखेको देखिदैन । सूचना प्रविधिद्वारा शिक्षित नेताहरू साम्यवाद र समाजजवादको दृष्टान्त र उदाहरणहरू आफ्नो व्याख्यान र अभिभाषणमा दिने गरेको छैन । अर्थात् सन् २०२४ को भारतीय चूनावी भाष्यामा आर्थिक विकास, भारतको अन्तर्राष्ट्रिय छवि, लोककल्याणकारी योजना जस्ता मुद्दाहरू चुनावी भाष्य रहेको छ । यी मुद्दाहरूको सेरोफेरोमा भारतीय परराष्ट्र नीतिको सफलता एक महत्वपूर्ण विषय रहेको छ ।

विगतका दिनमा परराष्ट्र नीति अङ्ग्रेजी भाषी र उ‘च्च मध्यमवर्गीय मतदाताको अभिरूचीको विषय थियो । परराष्ट्र नीतिको वहसलाई वौद्धिक विलाशको रूपमा व्याख्या गरिन्थ्यो । तर भूमंडलीकरण र खुला बजारको प्रभावले गर्दा परराष्ट्रनीतिको सम्बन्ध जनजनसंग जोडिएको छ । भारतीय जनता पार्टीले आफ्ना सरकारमा परराष्ट्र नीतिमान प्राप्त सफलतालाई पू‘जीकृत गर्न चूनावी संग्राममा होमिएका छन् । भारतीय जनता पार्टीले परराष्ट्र नीतिको प्रमुख सफलताको रूपमा आपतकालीन समयमा विश्व भरमा रहेका भारतीयहरूलाई विपको समय सकुशल उदार गर्नुलाई आफ्नो कूटनीतिक सफलताको फेहिरस्त बखान गरिरहेका छन् । अर्थात् कोरोनाका कहरमा “वन्दे भारत” कार्यक्रम अन्तर्गत ७० लाख भारतीयलाई विश्वको कुना(कुनावाट भारत भित्रायाउनुलाई वडो सफलताको रूपमा चित्रित गरिदैछ । अफगानिस्तानमा अपरेशन देवी शक्तिद्वारा भारतीयहरूलाई अफगानिस्तानवाट अवतरित गराउन सफल गराउनुलाई ठुलो सफलताको रूपमा चूनचावी मुद्दा बनाइएको छ ।

अपेरशन अजयको माध्यमबाट इजरायलवाट भारतेलीहरू मुक्त गरेर भारत ल्याउनु र अपरेशन काबेरीवाट सुडानमा फसेका भारतेलीहरूलाई मुक्त गराउनुलाई पराराष्ट्र नीतिको सफलताको रूपमा लिइन्छ । यी राहत कार्यहरू वाहेक अपरेशन गंगालाई संसारको सबै महत्वपूर्ण सञ्चारगृहहरूले यथेष्ठ ठाउ‘ दिएका थिए । अर्थात् रसियाले युक्रेनमा आर्कषण गर्दा २२ हजार भन्दा अधिक भारतीय विद्यार्थीहरू युक्रेनमा विभिन्न विद्यापिठहरूमा अध्ययन गरिरहेका थिए । अति संकटपूर्ण अवस्थामा मोदी सरकारमा ४ क्याबिनेट स्तरमा मन्त्रीहरू समेत परिचालित हु‘दै सम्पूर्ण विद्यार्थीहरू युक्रेनवाट भारत ल्याउन सफल हुनुलाई मोदी सरकारको परराष्ट्रनीतिको मुख्य सफलताहरू मध्ये एक सफलताको रूपमा रेखाङ्कन गर्न सकिन्छ ।

भाजपाले यी सबै राहतका कार्यक्रामहरूवाट सरकारले जनता प्रतिको दायित्व निर्वाह गरेको कुरा चूनावी समारोहमा प्रचार-प्रसार गरेका छन् । मोदी सरकारको परराष्ट्रनीतिको प्रमुख सफलताको रूपमा भारत अमेरिकी सम्बन्धलाई समेत व्याख्या गरिन्छ । सन् २०१४ देखि सन् २०२४ सम्मा अमेरिकामा ओभामा, ट्रम्प र वाइडेन राष्ट्रपति रहेको छन् । तीनै राष्ट्रपतिहरूको भारत भ्रमण हुनु र हरेक राष्ट्रपतिले भारतसँगको सम्बन्धलाई विशेष महत्व दिनुलाई परराष्ट्रनीतिको सफलताको रूपमा लिन सकिन्छ । विगतका दशकमा यी राष्ट्रपतिहरूको नीतिले नै गर्दा अमेरिका भारतको सबैभन्दा ठुलो व्यापारिक साझेदारी हुन सफल भएको छ । खास गरेर वेका र कमभाषा जस्ता सम्झौताबाट उच्च स्तरको हतियार उपकरण भारतलाई उपलब्ध गराउन अमेरिकाले मार्ग प्रशस्त गरेको छ । परराष्ट्र नीतिको महत्वपूर्ण सफलताको रूपमा समृद्ध मुलुकहरूसंगको सामिप्यतालाई समेत लिन सकिन्छ । संसारका समृद्ध मुलुकहरू जापान, दक्षिण कोरीया, अष्ट्रेलीया, युरोपेली युनियन, साउदी अरेबिया जस्ता मुलुकहरूसंग भारतको संघन सम्बन्ध रहेको छ ।

कोरोनाको कहरका विशवको लागि औषधालयको रूपमा पहिचान बनाएर १०० भन्दा अधिक मुलुकहरूलाई कोरोनाको खोप उपलब्ध गराउन सक्नुलाई समेत वि.जे.पी.ले सरकारको सार्मथ्य र पौरखको रूपमा व्याख्या गरेका छन् । संसारका ७० वटा मुलुकहरूमा ७०० भन्दा अधिक उच्च स्तरीय योजना परिचालन गर्नु जस्ता उदाहरणबाट भारतको नयॉ पहिचान स्थापित कुरा मतदाता माझमा चूनावी कार्यक्रमद्वारा सूचित गरिदै छ । साथ साथै सन् २०१६ देखि भारतले अन्तर्राष्ट्रिय मञ्चमा नयॉ भाष्य स्थापना गरेको कुरा समेत जिकिर गरेको देखिन्छ । सन् २०१६ देखि नै रायसीना सम्वादको माध्यबाट संसारको सबभन्दा ठुलो शास्त्रार्थ आयोजना भारतले गर्दै आएको छ । संसारको हरेक महत्वपूर्ण मुद्दाहरूमा गन्थन र मन्थन हुने उक्त कार्यक्रमले वौद्धिक वहसद्वारा संसारको हरेक मौलिक मुद्दाहरूको चिरफार गर्दै आएको छ ।

रायसीना सम्वादलाई वौद्धिक महाकुम्भ पनि भन्न सकिन्छ । मोदी सरकारको परराष्ट्र नीतिको महत्वपूर्ण सफलताको रूपमा जी ट्वान्टीको अनुष्ठानलाई समेत लिन सकिन्छ । जी ट्वान्टीको छाता मुनी २०० कार्यक्रमको आयोजनाद्वारा भारतको ६० वटा शहरहरूमा कार्यक्रम सञ्चालन गर्नुलाई परराष्ट्र नीतिलाई जनजनसम्म जोड्नु हो । जी ट्वान्टी सम्मेलनमा दक्षिण जोलाद्ध (ग्लोवल साउथ)को भावनालाई ध्वनित गर्नुलाई समेत परराष्ट्र नीतिको सफलताको रूपमा व्याख्या गर्न सकिन्छ । जी ट्वान्टीको सन्ध्यामा संसारमा १२५ वटा मुलुकहरूसंग सम्वाद गरेर उनीहरूको भावनालाई जी ट्वान्टीमा समावेश गर्नुलाई मोदी सरकारले आफ्नो सफलताको रूपमा व्याख्या गरेको देखिन्छ ।

बङ्गलादेशसंग सीमा विवाद समाधान गर्नु र श्रलिङ्कालाई ४ दशमलव ५ विलियन वित्तिय सहयोगबाट आर्थिक दिवालीयापनको संघारबाट जोगाउनुलाई छिमेकी प्रतिको दायित्वको रूपमा व्याख्या गरिएको छ । तर मोदी सरकारको सफलतालाई विपक्षीहरूले प्रश्नको घेरामा राखेका छन् । चीनिया राष्ट्रपति सीसंग मोदीको २० पटक भेट भए तापनि तनाव शिथिलीकरण गर्न नसक्नुलाई असफलताको संज्ञा विपक्षीले दिएको छ । न्युक्लियर सप्पलाई ग्रुपमा सदस्यता नपाउनु, सार्क, विमस्टेक, र असंलग्न राष्ट्रहरू मञ्चलाई असाहय बनाउनुलाई मोदीको कमाजोरीको रूपमा विपक्षले व्याख्या गरेको देखिन्छ । जे भए पनि लोकतान्त्रीक पद्धतिमा परारष्ट्र नीति चुनावी भाष्य हुनुलाई एउटा नौलो प्रयोगको रूपमा लिन सकिन्छ ।