११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली सरकारको निर्णयविरूद्ध रिट लिएर सर्वोच्च गए कुलमान हितेन्द्रदेव शाक्य पनि अदालतमा राष्ट्रिय सभाको बैठक पनि स्थगित प्रतिनिधिसभामा विपक्षीको अवरोधपछि भोलिसम्मका लागि बैठक स्थगित भन्सारसम्बन्धी कानून संशोधन र एकीकरण गर्ने विधेयक समितिबाट पारित सरकारले सार्वजनिक गर्यो कुलमानलाई हटाएको निर्णय प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छः सभापति देउवा बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी ऊर्जामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन प्रधानमन्त्री कपः अपराजित रहँदै पुलिस एक खेल अगावै फाइनलमा कुलमानबारे पुनर्विचार गर्न कांग्रेस सांसदको प्रस्ताव ओली, प्रचण्ड र देउवाबिच आज छलफल हुँदै

बीमा क्षेत्रको दिगो विकासका लागि साझा दृष्टिकोण: ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५’ अर्थमन्त्री पौडेलद्वारा उद्घाटन हुदै

२० पुष २०८१, शनिबार

काठमाडौं । नेपालमा बीमा उद्योगको दिगो विकास, स्थायित्व, र विस्तारलाई केन्द्रमा राख्दै बैंकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको संयुक्त आयोजनामा ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५’ आयोजना हुँदैछ। रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा काठमाडौंको मेरियट होटलमा पुस २५ गते आयोजना हुने यस कार्यक्रमको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नुहुनेछ।

कार्यक्रम दिउँसो १२:३० बजे सुरु हुने छ। चारवटा सत्रमा विभाजित यस डिस्कोर्शमा जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा, र बीमा क्षेत्रमा प्रविधिको प्रयोगसम्बन्धी विषयमा व्यापक छलफल गरिनेछ। बीमा प्राधिकरण र अर्थमन्त्रालयका प्रतिनिधिहरूसँगै प्रमुख कार्यकारी अधिकृत र अन्य विज्ञहरूको सहभागीता रहनेछ। भारतबाट दुईजना बीमा विज्ञहरूले समेत आफ्नो प्रस्तुति दिनेछन्।

बीमा उद्योगको दिगो विकास र ग्रामीण तहसम्म बीमाको पहुँच विस्तारका लागि बैंकिङ्ग समाचारले २०८० सालदेखि इन्स्योरेन्स डिस्कोर्श सुरु गरेको हो। पहिलो संस्करण २०८० साल भदौ १८ गते काठमाडौंको सोल्टी होटलमा सम्पन्न भएको थियो। उक्त अवसरमा बीमा व्यवसायले सामना गरिरहेका समस्या, चुनौतीहरू, र विस्तारमा देखिएका अवरोधबारे गहन छलफल भएको थियो।

पहिलो डिस्कोर्शबाट प्राप्त निष्कर्षलाई प्रतिवेदनकारुपमा तयार गरी अर्थमन्त्रालय र बीमा प्राधिकरणलाई बुझाइएको थियो। यसले नीति निर्माण, व्यवसायको विस्तार, र दिगो प्रबर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।

दोस्रो संस्करणको डिस्कोर्शले विशेषतः प्रविधिको उपयोगमार्फत बीमा उद्योगमा नयाँ आयामहरू थप्ने लक्ष्य राखेको छ। जीवन बीमा र निर्जीवन बीमाका सत्रहरूले नवप्रवर्तन, पुनर्बीमा रणनीति, र ग्रामीण क्षेत्रमा बीमाको पहुँच सुनिश्चित गर्न आवश्यक पहलका विषयमा छलफल गर्नेछन्।

बीमा उद्योगमा संलग्न निजी र सरकारी क्षेत्रबीच सहकार्यका नयाँ आयामहरू प्रस्तुत गर्दै दिगो आर्थिक विकासका लागि ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५’ ले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। अर्थशास्त्रीय, राजनीतिक, र कानुनी दृष्टिकोणबाट कार्यक्रमले बीमाको दायरा विस्तार गर्दै यसको प्रभावकारिता वृद्धि गर्ने अपेक्षा गरिएको छ।

डिस्कोर्शबाट प्राप्त निष्कर्षहरूलाई प्रतिवेदनकारूपमा तयार गरी सम्बन्धित निकायहरूमा बुझाइनेछ। यसले भावि दिनमा बीमा क्षेत्रको नीति निर्माण र व्यवसाय प्रबर्द्धनमा सहयोग पुर्याउने आयोजकको अपेक्षा छ।

बीमा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५’ एक महत्वपूर्ण मञ्च हुनुका साथै यसले बीमा व्यवसायलाई दिगो, समावेशी, र प्रविधिमैत्री बनाउने दिशामा ठोस कदम अघि बढाउने विश्वास गरिएको छ।