सरोकारवालाको अपनत्वमा शिक्षा ऐन पारित गरिनुपर्छ : नैनसिंह महर निर्मला शर्मा नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित प्रचण्डको ‘प्रतिशोधपूर्ण व्यवहारको आरोप तथ्यहीन’: गृहमन्त्री लेखक २७ वर्ष पछि नेपालगन्ज–टीकापुर हवाई यात्राको प्रारम्भ यात्रुहरूको समय बचत मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा मन्त्री पाण्डेद्वारा शुभकामना, हाम्रा पर्वहरू एकता र मेलमिलापको प्रतीक भएको सन्देश कर्मचारीले तलब र राजनीतिकर्मीले भोटका लागि मात्रै काम गर्ने सोच बदल्नुपर्छ: नैनसिंह महर नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित, अब भोलि बस्ने परराष्ट्रमन्त्री डा. राणाको नेतृत्वमा न्यायको माग एमसीसी र बीआरआईप्रति सबैको चासो हुनु स्वाभाविक हाे: माओवादी अध्यक्ष प्रचण्ड देशको पूर्वप्रधानमन्त्रीले अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु उचित भएन: गृहमन्त्री लेख यौन दुर्व्यवहार भएको भन्दै भारत जान लागेकी बालिकाको उद्दार, पूर्वमेयर पक्राउ नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठका चार निर्णय विधान संशोधन देखि श्रेष्ठलाई कोषाध्यक्षमा अनुमोदन सम्म नेपालमा भ्रष्टाचारको अवस्था झन दर्दनाक: सुशासनको संकट र सुधारको खस्किँदो अवस्था सभापति खतिवडाको नेतृत्वमा संघीय निजामती विधेयकमाथि दफावार छलफल सुरू वन्यजन्तु र मानव द्वन्द्व न्यूनीकरण गर्दै वन्यजन्तु संरक्षण र पर्यटन विकासका लागि सरकार प्रतिबद्ध छ : वनमन्त्री शाही रवि लामिछानेमाथि दुर्व्यवहारको आरोप भ्रामक र तथ्यहीन भएको चितवन प्रहरी दाबी हिमपातले हुम्ला सेताम्य, चिसोको चपेटामा जनजीवन, किसान खुसी चितवन राइनोजद्वारा १६४ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सलाई संविधान संशोधन डेढ वर्षपछि अघि बढ्छ एमाले महासचिव पोख्रेल महिला अधिकार र हिंसा न्यूनिकरणमा सचेतना फैलाउदै कुन्तीदेवी फाउन्डेसन प्रधानमन्त्री चीनबाट फर्की लगत्तै सेनापति भारत जाने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीद्वारा ९ सहमतिमा हस्ताक्षर प्रधानमन्त्री ओलीको नेतृत्वमा ७८ सदस्यीय टोली चीन प्रस्थान स्थानीय तह उपनिर्वाचन: दलहरूको मिश्रित प्रदर्शन कीर्तिपुरका जनताले भ्रष्टाचारमुक्त नगरको सपना देखिरहेका छन्, डा. महर्जनको जित पक्का हुन्छ : प्रचण्ड लगानीको गति बढाउन कानुनी बाधा हटाउनुपर्छ: अध्यक्ष ढकाल कीर्तिपुरको चुनाव जनमत संग्रहसरह: राजेन्द्र पाण्डे गढीमाई मेलाको व्यवस्थापनमा मदेश सरकारको सक्रियताले मुख्यमन्त्री सिंहको प्रशंसा परिणाममुखी परिवर्तनका लागि प्रधानमन्त्रीको निर्देश जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री ओली रास्वपाका २० सांसदविरुद्ध अदालतको अपहेलना मुद्दामा प्रमाण पेश गर्न सर्वोच्चको आदेश सभापति लामिछानेलाई काठमाडौं ल्याइँदै: सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा बयान प्रक्रिया सुरु प्रधानमन्त्री ओलीको चीन भ्रमण बीआरआई परियोजनामा दलहरू बीच द्वन्द्व फरक दृष्टिकोण ओली सरकारलाई संकटको सुरुवात, जनमतले फिर्ता लिनसक्ने समर्थन नेपालले बीआरआईबाट लाभ लिनुपर्छ: पुर्व प्रधानमन्त्री भट्टराई सुनको मूल्यमा ऐतिहासिक गिरावट एकैदिन तोलामा १६ हजारले कमी स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलद्वारा मृत्युपश्चात अंगदान गर्ने परिवारलाई २ लाख प्रोत्साहन दिने निर्णय रवि लामिछानेमाथि थप १५ दिन हिरासतमा अनुसन्धानको अनुमति दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश काठमाडौँ महानगरको १ लाख जरिवानाको पत्र एमालेले गर्‍यो अस्वीकार रास्वपाका सांसदहरूमाथि अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ ट्रम्पको मिडिया कनेक्शन, सल्लाहकारदेखि राजदूतसम्म मिडियाकर्मी काठमाडौं महानगरको जरिवाना नीतिबाट एमालेलाई १ लाख, ९० लाख सङ्कलन नेकपाको ११औं वार्षिकोत्सवमा जनसभा विप्लवको विशेष सम्बोधन धरहरा चढ्ने शुल्क दुई सय देखि हजार सम्म प्रचण्डबाट आजित भएर कांग्रेस-एमाले मिल्यो: काँग्रेस प्रवक्ता महत महत पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानसहित अन्त्येष्टि उपनिर्वाचनमा साना दललाई सकस गृहमन्त्री लेखकसंग एसएसबी प्रमुख को भेट

परराष्ट्रमन्त्री डा. राणाको नेतृत्वमा न्यायको माग

२५ मंसिर २०८१, मंगलवार

काठमाण्डौ। नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा जलवायु परिवर्तनका कारण उत्पन्न समस्याबारे आफ्नो धारणा प्रस्तुत गर्दै न्यायको माग गरेको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा नेपालले विश्वका धनी र विकसित देशहरूको कार्बन उत्सर्जनका कारण विकासोन्मुख मुलुकहरूले भोगिरहेको अन्यायको विषयमा अदालतको ध्यानाकर्षण गराएको हो।

मन्त्री डा. राणाले अदालतमा जलवायु परिवर्तनमा नेपालको योगदान अत्यन्तै न्यून रहेको तर पनि जलवायुजन्य संकटसँग जुध्न नेपालले आवश्यक स्रोत र सहयोगको अभाव झेल्नुपरेको बताउनुभयो। उहाँले नेपालमा जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू, जस्तै हिमनदीहरूको पग्लिँदो अवस्था, बाढी, पहिरो, र पूर्वाधारमा परेको क्षतिको विषयमा प्रकाश पार्नुभयो।

इसिमोडको एक अध्ययनलाई उद्धृत गर्दै उहाँले हिन्द कुश हिमालय क्षेत्रका हिमनदीहरूले शताब्दीको अन्त्यसम्ममा ८० प्रतिशत हिउँ गुमाउने चेतावनी दिनुभयो। यो स्थितिले उच्च पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, र पूर्वाधारमा क्षतिको जोखिम बढाउने खतरा रहेको मन्त्री राणाको धारणा थियो।

यस वर्ष नेपालमा जलवायुजन्य विपद्को कारण ३०० भन्दा बढी व्यक्तिले ज्यान गुमाउनुका साथै पिउने पानी, सडक, ऊर्जा, सिँचाइ, र कृषि पूर्वाधारमा ठूलो क्षति पुगेको छ। नेपालले हालसम्म एक अर्ब तीन करोड अमेरिकी डलरभन्दा बढीको क्षति व्यहोर्नुपरेको तथ्यांक प्रस्तुत गर्दै मन्त्री राणाले यसका लागि धनी राष्ट्रहरूले जिम्मेवारी लिनुपर्ने माग गर्नुभयो।

सुनुवाइका क्रममा परराष्ट्र मन्त्रालयका सचिव उदयराज सापकोटा र उपसचिव शुभाङ्ग पराजुलीले पनि जलवायु न्यायका लागि नेपालले प्रस्तुत गरेका तर्कहरूलाई पुष्टि गर्नुभयो। नेपालले जलवायु परिवर्तनका कारण पर्न गएको असरमा क्षतिपूर्तिको सुनिश्चितता, अन्तर्राष्ट्रिय सहयोग, र न्यायको प्रत्याभूति पाउनुपर्ने धारणा व्यक्त गर्‍यो।

संयुक्त राष्ट्रसंघीय महासभाको आदेशअनुसार अन्तर्राष्ट्रिय अदालतले जलवायु न्यायको यो ऐतिहासिक सुनुवाइ गरिरहेको छ। परराष्ट्रमन्त्री डा. राणाको नेतृत्वमा गरिएको यो पहलले नेपालको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने र जलवायु न्यायका लागि विश्वव्यापी चासो उत्पन्न गराउने अपेक्षा गरिएको छ।