झापा माओवादी केन्द्रद्वारा : ‘ग्रीन दमक, क्लिन दमक’ अभियानको दोस्रो चरण सुरु राजावादीको आन्दोलनमा आगो भए दीपक सिंह रैथाने खानामा युवा पुस्ताको रुची गुम्दै, संकटमा आदिबासी जनजाती आदिवासी परम्परा र रैथाने बालीको संरक्षणमा एफएओको विशेष जोड : आदिवासी जनजातिको निर्णायक भूमिका हुनेमा सरोकारवालाको विश्वास निजी ऊर्जा विकासका लागि ऐन आवश्यक छ हामी साँच्चै दुःखमा छौं: इप्पान अध्यक्ष कार्की भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली सरकारको निर्णयविरूद्ध रिट लिएर सर्वोच्च गए कुलमान

काठमाडौं म्याराथनको १६ औं संस्करण: ट्राफिक व्यवस्थापनको चुनौती

६ आश्विन २०८१, आईतवार

काठमाडौं म्याराथनको १६ औं संस्करण असोज १२ गते आयोजना हुने भएको छ। यस बर्षको म्याराथनमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसहित ३,००० भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा १ सय ७० धावकले म्याराथनका लागि र ५ सय ५० धावकले हाफ म्याराथनका लागि नाम दर्ता गरिसकेका छन्।

सरकारी र निजी ६० भन्दा बढी विद्यालयका छात्रछात्राले पाँच किलोमिटर र तीन किलोमिटर खुल्ला दौडमा भाग लिनेछन्। फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ।

दौडमा चार सयभन्दा बढी स्वंयसेवक र टेक्निकल अफिसियलको सहभागिता हुने जानकारी दिइएको छ।

ट्राफिक व्यवस्थापनको चुनौती

काठमाडौं म्याराथनका प्रमुख आयोजक निलेन्द्रराज श्रेष्ठले दौडको समयमा ट्राफिक व्यवस्थापन महत्वपूर्ण चुनौती रहेको बताएका छन्। उनले सम्बन्धित निकायसँग छलफल भइरहेको र दौडका समयमा सडकको एक भाग बन्द गर्ने योजना छ भन्ने जानकारी दिए।

उनले भने, “हामी धावकहरूको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सबै प्रयास गरिरहेका छौं। म ट्राफिक व्यवस्थापन निकायले जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्नेछ भन्नेमा विश्वस्त छु।”

म्याराथन र हाफ म्याराथनको दौड त्रिपुरेश्वरबाट बिहान ५:१० बजे सुरु हुनेछ। आयोजकले अनुरोध गरेका छन् कि दौडको दिन सवारी साधन चलाउन रोक्न सकिएसम्म सहयोग गरिनुहोस्।

इलेक्ट्रिक टाइमिङ र पेसर्सको प्रयोग

दौडमा इलेक्ट्रिक टाइमिङ र पेसर्सको प्रयोग हुनेछ, जसले धावकहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोटमा सहयोग पुर्याउनेछ। पेसर्सको प्रयोग हाफ म्याराथनमा पहिलो पटक हुनेछ, र यसका लागि बंगलादेश र भारतका विज्ञ नेपाल आइपुगेका छन्।

श्रेष्ठले सबै काठमाडौंबासीलाई सडकमा उत्रेर सहभागीहरूलाई हौसला दिन आग्रह गरेका छन्। उनले भने, “यो दौडको सफल आयोजनाका लागि सबैको सहयोग आवश्यक छ। खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि सकारात्मक सन्देश दिन सक्छौं।”

काठमाडौं म्याराथनको सुरुवात सन् २००७ मा भएको थियो, र यसले लामो समयदेखि काठमाडौँमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।