प्रचण्डबाट आजित भएर कांग्रेस-एमाले मिल्यो: काँग्रेस प्रवक्ता महत महत पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानसहित अन्त्येष्टि उपनिर्वाचनमा साना दललाई सकस गृहमन्त्री लेखकसंग एसएसबी प्रमुख को भेट प्रधानमन्त्रीको आसन्न चीन भ्रमण बारे संसदीय समिति निर्णायक छलफलमा न्यायको आवाजलाई सशक्त बनाउँदै शिव नेपाली पोखरामा २८ दिन देखि धर्ना जारी सांसद बजगाईंको आरोप विरुद्ध मन्त्री पाण्डेको कडा प्रतिक्रिया, प्रमाणित भए राजनीति छोड्छु खोरमा थुन्दैमा बाघ स्याल हुँदैन : रवि लामिछाने मानव तस्करीकाे आरोप लागेका एमाले नेता लिलाबल्लभ अधिकारी थप ७ दिन हिरासतमा सडक सुरक्षा मजबुत बनाउन क्षमता भन्दा बढी यात्रु बोक्न नदिन गृहमन्त्री लेखकको निर्देशन रवि लामिछाने सहकारी ठगी प्रकरणमा रुपन्देही पुर्‍याइए, १४ करोड अपचलनकाे अनुसन्धान हुँदै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु जनअपेक्षाअनुसार चल्न सरकारलाई कांग्रेस नेता महरकाे चेतावनी ओली सरकारका १०० दिन प्रगति विवरण आज सार्वजनिक हुँदै टीआरसी पदाधिकारी सिफारिस समिति पुनर्गठन मन्त्रिपरिषदका २३ महत्वपूर्ण निर्णय तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा महत्त्वपूर्ण बैठक सुरु प्रधानमन्त्री ओली र जापानी राजदूत युताकाबीच शिष्टाचार भेट, विपी राजमार्ग पुनः निर्माणबारे छलफल बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापन कार्य छिट्टै अघि बढ्छ : प्रधानमन्त्री ओली जनार्दन शर्मा र विप्लवको कपिलवस्तुमा भेट, माओवादी एकता हुन सक्ने नयाँ संकेत सुदूरपश्चिम माओवादी केन्द्रका नेताहरूको जिम्मेवारी तोकियो दशैं सुरक्षामा कडाइ, सडक दुर्घटनाबाहेक अन्य घटना शून्य : प्रहरी प्रवक्ता परिवारसँगको सान्निध्य र समाजको अध्ययन गर्ने अवसर हो दशैं सादगी, परोपकार र उद्योगको सशक्त स्तम्भ रतन टाटाको अवसान प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन नेपाल नयाँ शीतयुद्धको इपिसेन्टर बन्ने खतरा: प्रचण्ड ट्याङ्करमा लुकाई ३९२ किलो गाँजा ओसारपसार: मकवानपुर प्रहरीले पक्राउ गर्‍यो काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनर्वितरण सुरु, दसैँअघि सर्वसाधारणलाई आपूर्ति बीमा मार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयास भइरहेको छ’ मेलम्चीको पानी काठमाडौं आइपुग्ने, संघर्ष समिति र सरकारबीच सहमति “प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपद्वारा पाँच करोड सहयोग, अन्य संस्थाहरूबाट थप ५ करोड” प्रधानमन्त्रीलाई तत्काल विपत् व्यवस्थापन गर्न माओवादी केन्द्रको ध्यानाकर्षण प्रधानमन्त्री उद्धार कोषमा एमालेद्वारा ५० लाख सहयोग हस्तान्तरण गृहमन्त्री लेखक द्वारा विपद् पीडितका लागि तात्कालिक राहत र उद्धारको प्रतिबद्धता बागमती सरकार द्वारा विपद् प्रभावित ४५ पालिकालाई ५ करोड ८० लाखको राहत वितरण गर्ने निर्णय गरिबीको चक्र तोड्दै रौतहटका शितांशु सिंहको प्रेरणादायक यात्रा प्रधानमन्त्री उद्धार कोषमा एकैदिन तीन करोड पैंतीस लाख सहयोग हस्तान्तरण, अझै थप अपेक्षा यात्रुको सहजता सुनिश्चित गर्न मन्त्रालयले निरन्तर प्रयास गरिरहेको छ : मन्त्री पाण्डे विपद्को समयमा सरकारको भूमिका कमजोर: नेता बस्नेतद्वारा उद्धार र राहतमा गम्भीर ध्यानाकर्षण प्राकृतिक विपद्पछिको यातायात संकट समाधान गर्न माओवादी अध्यक्ष दाहालद्वारा व्यवसायी र मजदुरसँग समाधानका लागि छलफल नेपाल-बङ्गलादेश-भारत त्रिपक्षीय सम्झौता ऊर्जा निर्यातमा नेपालको ऐतिहासिक पाइला, आर्थिक समृद्धिको नयाँ युग प्रधानमन्त्री ओली र बङ्गलादेशका मन्त्री हसनबीच शिष्टाचार भेट, द्विपक्षीय सहकार्य विस्तारमा छलफल बडा दसैँ सुरु, आज घटस्थापनामा घरघरमा जमरा राखिदै नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा, कागजात बरामद बाढीपहिरोको कहर १७ अर्बको विनाश, पुनर्निर्माणमा सरकारको परीक्षा कर्णाली प्रदेशद्वारा बाढीपहिरो पीडितलाई ५० लाख सहयोग प्रधानमन्त्री ओलीलाई गैरजिम्मेवार तरिकाले जथाभाबी नबोल्न कांग्रेस नेता भण्डारीको आग्रह बाढी र पहिरोबाट प्रभावित जनताको समर्थनमा प्रधानमन्त्री ओलीद्वारा राहतको आह्वान चाडपर्वमा वस्तुको अभाव र मूल्यवृद्धि नियन्त्रणमा मन्त्री भण्डारीको सक्रियता यात्रुहरूको सुरक्षित यात्रा हाम्रो प्रमुख जिम्मेवारी हो राज्यसँग सहकार्य गर्दै निरन्तर खटिएका छौं :वरिष्ठ उपाध्यक्ष सिटौला

सरकारले राख्यो स्टार्टअपका लागि १९ वटा क्षेत्र प्राथमिकतामा

६ भाद्र २०८१, बिहीबार

६ भदौ काठमाण्डौ – सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यान्वयनमा ल्याएको कार्यविधिले स्टार्टअप गर्न चाहनेलाई मार्ग प्रशस्त गरेको छ । कार्यविधिले नवप्रवर्तनमा आधारित उद्योग व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहज वातावरणसँगै रोजगारी र लगानीको थप क्षेत्रसमेत पहिचान गरेको छ ।

कार्यविधिअनुसार परियोजना धितो राखेर पाँच लाखदेखि २० लाख रुपैयाँसम्म कर्जा पाइन्छ । त्यसमा तीन प्रतिशत मात्रै ब्याज लाग्नेछ । वस्तु–सेवा र प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र वितरणमा नवीन अन्वेषण एवम् सिर्जनशील सोचको प्रयोगगरी व्यवसायका रुपमा सञ्चालन भएका र स्तरोन्नतिको सम्भावना रहेको उद्यमलाई स्टार्टअपका रुपमा लिइन्छ ।

सरकारले स्टार्टअपका लागि विभिन्न १९ वटा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । त्यसमा कृषि, सिँचाइ तथा पशुपन्छीमा आधारित उद्यम, उत्पादनमूलक उद्यम, वन (जडीबुटी, वन पैदावार) मा आधारित उद्योग, पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित क्षेत्र, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित उद्यम छन् ।

यस्तै मानव स्वास्थ्य सेवासँग सम्बन्धित क्षेत्र, शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित उद्यम, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित क्षेत्र, विद्युतीय गाडी तथा अटोमोबाइलसँग सम्बन्धित उद्यम स्टार्टअपमा समावेश गरिएको छ ।

परम्परागत तथा ग्रामीण प्रविधि, स्थानीय स्रोत तथा साधनमा आधारित उद्यम, सार्वजनिक सेवा प्रवाह, उत्पादन तथा सेवा प्रक्रियामा सुधारसँग सम्बन्धित उद्यम, खानी तथा खनिजको अनुसन्धान र विकाससँग सम्बन्धित उद्यमलाई पनि प्राथमिकतामा राखिएको छ ।

घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने प्रकृतिका कार्यसँग सम्बन्धित उद्यम, वस्तु वा सेवाको वितरण प्रणालीसँग सम्बन्धित उद्यम, परम्परागत पेसा तथा उद्यमको पुनर्जागरणसँग सम्बन्धित उद्यम, खाद्य प्रविधि तथा पोषणसँग सम्बन्धित उद्यम तथा फोहरमैला व्यवस्थापनसँग सम्बन्धित उद्यमलाई सरकारले स्टार्टअपमा समावेश गरी आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

सरकारले कार्यान्वयनमा ल्याएको कार्यविधिमा उद्यम व्यवसाय दर्ता भई १० वर्ष ननाघेको, प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगका रुपमा दर्ता भएको, व्यवसाय स्थापना भएपछि कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाघेको हुनुपर्ने उल्लेख छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा स्थापित लगानी कम्पनीले स्टार्टअपमा लगानी गर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ । महासङ्घको पहलमा १० अर्ब रुपैयाँ बराबरको लगानीमा लगानी कम्पनी स्थापना भएको छ । यो स्वतन्त्र रूपमा सञ्चालन हुने र जुनसुकै लगानीकर्ताले कम्पनीमा लगानी गर्नसक्ने ढकालको भनाइ छ ।

कार्यविधिअनुसार, उद्यमीले उद्देश्यबमोजिम कर्जा रकमको प्रयोग गर्ने, सम्झौताबमोजिम कर्जाको साँवा र व्याज भुक्तानी गर्ने, नियामक निकाय वा बैंकबाट हुने अनुगमनका क्रममा आवश्यक सूचना तथा तथ्याङ्क उपलब्ध गराउने, आफ्नो स्टार्टअप उद्यमको प्रगति प्रतिवेदन चौमासिक रुपमा कर्जा प्रवाह गर्ने बैंकमा पेस गर्नुपर्नेछ ।

बैंकले कर्जा प्रवाह गर्दा पाँच लाख रुपैयाँसम्मको कर्जा एक किस्तामा, १५ लाख रुपैयाँसम्मका लागि दुई किस्ता र त्योेभन्दा माथिको हकमा तीन किस्तामा कर्जा उपलब्ध गराउने व्यवस्था छ । स्टार्टअप कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ ।

परियोजनाले दोस्रो वर्षदेखि साँवा र ब्याजबापतको रकम तिर्न सुरु गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ । हालसम्म एक सय ६७ परियोजनाले स्टार्टअप कर्जा लिएका छन् । नेपाल औद्योगिक प्रतिष्ठानका अनुसार, हालसम्म १७ करोड रुपैयाँ बराबर कर्जा वितरण भइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आम्दानीका अवसर खोज्नसक्ने भन्दै नवप्रवर्तनमा आधारित व्यवसायमा लाग्न युवा पुस्तालाई आह्वान गर्नुभएको छ ।