ट्रम्पको मिडिया कनेक्शन, सल्लाहकारदेखि राजदूतसम्म मिडियाकर्मी काठमाडौं महानगरको जरिवाना नीतिबाट एमालेलाई १ लाख, ९० लाख सङ्कलन नेकपाको ११औं वार्षिकोत्सवमा जनसभा विप्लवको विशेष सम्बोधन धरहरा चढ्ने शुल्क दुई सय देखि हजार सम्म प्रचण्डबाट आजित भएर कांग्रेस-एमाले मिल्यो: काँग्रेस प्रवक्ता महत महत पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानसहित अन्त्येष्टि उपनिर्वाचनमा साना दललाई सकस गृहमन्त्री लेखकसंग एसएसबी प्रमुख को भेट प्रधानमन्त्रीको आसन्न चीन भ्रमण बारे संसदीय समिति निर्णायक छलफलमा न्यायको आवाजलाई सशक्त बनाउँदै शिव नेपाली पोखरामा २८ दिन देखि धर्ना जारी सांसद बजगाईंको आरोप विरुद्ध मन्त्री पाण्डेको कडा प्रतिक्रिया, प्रमाणित भए राजनीति छोड्छु खोरमा थुन्दैमा बाघ स्याल हुँदैन : रवि लामिछाने मानव तस्करीकाे आरोप लागेका एमाले नेता लिलाबल्लभ अधिकारी थप ७ दिन हिरासतमा सडक सुरक्षा मजबुत बनाउन क्षमता भन्दा बढी यात्रु बोक्न नदिन गृहमन्त्री लेखकको निर्देशन रवि लामिछाने सहकारी ठगी प्रकरणमा रुपन्देही पुर्‍याइए, १४ करोड अपचलनकाे अनुसन्धान हुँदै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु जनअपेक्षाअनुसार चल्न सरकारलाई कांग्रेस नेता महरकाे चेतावनी ओली सरकारका १०० दिन प्रगति विवरण आज सार्वजनिक हुँदै टीआरसी पदाधिकारी सिफारिस समिति पुनर्गठन मन्त्रिपरिषदका २३ महत्वपूर्ण निर्णय तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा महत्त्वपूर्ण बैठक सुरु प्रधानमन्त्री ओली र जापानी राजदूत युताकाबीच शिष्टाचार भेट, विपी राजमार्ग पुनः निर्माणबारे छलफल बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापन कार्य छिट्टै अघि बढ्छ : प्रधानमन्त्री ओली जनार्दन शर्मा र विप्लवको कपिलवस्तुमा भेट, माओवादी एकता हुन सक्ने नयाँ संकेत सुदूरपश्चिम माओवादी केन्द्रका नेताहरूको जिम्मेवारी तोकियो दशैं सुरक्षामा कडाइ, सडक दुर्घटनाबाहेक अन्य घटना शून्य : प्रहरी प्रवक्ता परिवारसँगको सान्निध्य र समाजको अध्ययन गर्ने अवसर हो दशैं सादगी, परोपकार र उद्योगको सशक्त स्तम्भ रतन टाटाको अवसान प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन नेपाल नयाँ शीतयुद्धको इपिसेन्टर बन्ने खतरा: प्रचण्ड ट्याङ्करमा लुकाई ३९२ किलो गाँजा ओसारपसार: मकवानपुर प्रहरीले पक्राउ गर्‍यो काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनर्वितरण सुरु, दसैँअघि सर्वसाधारणलाई आपूर्ति बीमा मार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयास भइरहेको छ’ मेलम्चीको पानी काठमाडौं आइपुग्ने, संघर्ष समिति र सरकारबीच सहमति “प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपद्वारा पाँच करोड सहयोग, अन्य संस्थाहरूबाट थप ५ करोड” प्रधानमन्त्रीलाई तत्काल विपत् व्यवस्थापन गर्न माओवादी केन्द्रको ध्यानाकर्षण प्रधानमन्त्री उद्धार कोषमा एमालेद्वारा ५० लाख सहयोग हस्तान्तरण गृहमन्त्री लेखक द्वारा विपद् पीडितका लागि तात्कालिक राहत र उद्धारको प्रतिबद्धता बागमती सरकार द्वारा विपद् प्रभावित ४५ पालिकालाई ५ करोड ८० लाखको राहत वितरण गर्ने निर्णय गरिबीको चक्र तोड्दै रौतहटका शितांशु सिंहको प्रेरणादायक यात्रा प्रधानमन्त्री उद्धार कोषमा एकैदिन तीन करोड पैंतीस लाख सहयोग हस्तान्तरण, अझै थप अपेक्षा यात्रुको सहजता सुनिश्चित गर्न मन्त्रालयले निरन्तर प्रयास गरिरहेको छ : मन्त्री पाण्डे विपद्को समयमा सरकारको भूमिका कमजोर: नेता बस्नेतद्वारा उद्धार र राहतमा गम्भीर ध्यानाकर्षण प्राकृतिक विपद्पछिको यातायात संकट समाधान गर्न माओवादी अध्यक्ष दाहालद्वारा व्यवसायी र मजदुरसँग समाधानका लागि छलफल नेपाल-बङ्गलादेश-भारत त्रिपक्षीय सम्झौता ऊर्जा निर्यातमा नेपालको ऐतिहासिक पाइला, आर्थिक समृद्धिको नयाँ युग प्रधानमन्त्री ओली र बङ्गलादेशका मन्त्री हसनबीच शिष्टाचार भेट, द्विपक्षीय सहकार्य विस्तारमा छलफल बडा दसैँ सुरु, आज घटस्थापनामा घरघरमा जमरा राखिदै नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा, कागजात बरामद बाढीपहिरोको कहर १७ अर्बको विनाश, पुनर्निर्माणमा सरकारको परीक्षा कर्णाली प्रदेशद्वारा बाढीपहिरो पीडितलाई ५० लाख सहयोग

ऊर्जा उत्पादकको मनोबल बढाउनेगरी काम गर्छु : अर्थमन्त्री पौडेल

१३ श्रावण २०८१, आईतवार

१३ साउन, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरुको मनोबल बढाउने गरी कामगर्नुपर्ने बताएका छन् ।
नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री पौडेलले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा अब बिजुली पुग्यो भन्ने ठाउँमा नेपाल नपुगेकोले ऊर्जा उत्पादनकलाई हौसला दिनुपर्ने बताएका हुन् ।
आइतवार सिंहदरबारस्थित अर्थमन्त्रालयमा भएको भेटमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले अहिले नेपालले बिजुली आयात र निर्यात दुवै गरिरहेको भन्दै प्रतिव्यक्ति विद्युत खपत बढाउन अझ धेरै बिजुली आवश्यक हुने भएकाले निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको मनोबाल बढ्नेगरी काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।
भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा ऊर्जा क्षेत्र यहाँसम्म आउनुमा निजी क्षेत्रको योगदान उल्लेख्य रहेको बताए । उनले साढे दुई दशकदेखि ऊर्जा उत्पादन सुरु गरेको निजी क्षेत्रबाट मात्र हालसम्म २५ सय मेगावाट बराबरका १८२ आयोजना निर्माण सम्पन्न भएका, ३९ सय मेगावाट बराबरका १३७ आयोजना निर्माणाधीन रहेका र ३९ सय मेगावाट बराबरकै १३६ आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भएर वित्तिय व्यवस्थापनको पर्खाइमा रहेको तथ्याङ्क अर्थमन्त्री पौडेलसामु राखेका थिए ।
यस्तै सर्वेक्षण सम्पन्न गरेर निर्माणका लागि विद्युत विकास विभागमा आवेदन दिएका १० हजार ७ सय र निर्माण अनुमति लिएर पीपीएका लागि प्राधिकरणमा आवेदन दिएका १० हजार मेगावाटका आयोजनामध्ये पनि ८० प्रतिशत निजी क्षेत्रको अगुवाईमा अघि बढिरहेको पनि कार्कीले बताए ।
निजी क्षेत्रले नेपालको ऊर्जा विकासमा आक्रमक ढंगले अघि बढीरहेको बेला नेपाल सरकारले गत जेठमा सार्वजनिक गरेको वित्त नीति र नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले ऊर्जा विकासमा संलग्न सम्पूर्ण निजी क्षेत्र उत्साहित हुन नसकेकोले निजी क्षेत्र उत्साहीत हुने गरी ऊर्जा उत्पादकका सवालहरु सम्बोधन गरिदिन इप्पानका वरिष्ठ उपाध्य मोहनकुमार डाँगीले अर्थमन्त्री पौडेलसँग आग्रह गरे ।
उक्त भेटमा इप्पानबाट अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्षद्वय आनन्द चौधरी र उत्तम भ्लोन, उपमहासचिव प्रकाश दुलाल तथा कार्यसमिति सदस्यद्वय उत्तरकुमार श्रेष्ठ र भरत पराजुली सहभागी भएका थिए ।

यस्ता छन् इप्पानले राखेका मागहरु
१. विद्युत ऐन २०४९ मा ऊर्जा आयोजनाहरुको मर्मत सम्भारका लागि सामान/उपकरण आयात गर्दा एक प्रतिशत मात्र भन्सार लाग्ने उल्लेख भएको तथा आर्थिक वर्ष २०७९/०८० सम्मको बजेटमासमेत उल्लेख भएको उक्त व्यवस्था अघिल्लो आर्थिक वर्षदेखि हटाइएकोले विद्युत ऐनमा रहेको सो एक प्रतिशत मात्र भन्सार लाग्ने व्यवस्था कायम गरिदिनुपर्ने ।

२. विद्युत नियमन आयोगले अनुमति दिएका आयोजनाहरुको बिना रोकटोक शेयर निष्काशन तथा हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिने व्यवस्था गरी दुई अर्बभन्दा माथि पुँजी भएका ऊर्जा आयोजनाहरु विदेशी धितोपत्र बजारमा सुचीकृत गर्ने व्यवस्था गरिदिनुपर्ने ।

३. विद्युत आयोजनाहरुको ऋण दीर्घकालिन प्रकृतिको हुने र ऊर्जा आयोजनाको आय स्थिर बिक्री मूल्यमा आधारित हुनेहुँदा आयोजनाको खर्च पनि आधारभुत रुपमा स्थिर हुनु पर्ने हुन्छ । तर, बैंक तथा वित्तिय संस्थाको ब्याजदर अस्थिर हुँदा ऊर्जा आयोजनाहरुको लागत बढ्नुका साथै आयोजनाहरु महंगो बनिरहेकाले विद्युत खरिद सम्झौता (पीपीए) दर स्थिर रहेजस्तै विद्युत आयोजनाहरुमा स्थिर ब्याजदर कायम गर्नका लागि आवश्यक पहल गरिदिनुपर्ने ।

४. गत वर्षको जेठ ३२ र असार १ गते आएको बाढीले ३१ भन्दा धेरै आयोजनाहरु बगाएको र हालैको बाढीले खानीखोला लगायतका अन्य धेरै आयोजनाहरु गरी ४० आयोजनामा क्षति पुगेकाले ती आयोजनालाई राहत र क्षतिपूर्तिस्वरुप मर्मतमा लाग्ने मेसिनरी उपकरणमा १ प्रतिशत भन्सारको व्यवस्था गरीदिनुपर्ने ।
५. पछिल्लो समयमा ऊर्जा आयोजनाहरुको बीमा गर्न इस्सुरेन्स कम्पनीहरुले आनाकानी गरिरहेको हुनाले सम्पूर्ण ऊर्जा आयोजनाहरुको सहज तरिकाले बीमा गर्ने व्यवस्था गरिदिनुपर्ने ।