© २०२३
सन्तोष प्रसाद जोशी
बाजुराको बुढिनन्दा नगरपालिकामा किसान सूचीकरण तथा तथ्याङ्क अद्यावधिक कार्यको सुरुवात भएको छ । कृषि विकासका कामलाई वैज्ञानिक, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले बुढिनन्दा नगरपालिकामा किसान सूचीकरण तथा तथ्याङ्क अद्यावधिक गर्ने कार्यको सुरुवात आजबाट भएको हो ।
बुढिनन्दा नगरपालिका कृषि तथा पशुपक्षी शाखाको आयोजना तथा समन्वयमा नगरपालिका भरिका १० वटै वडाका वडा अध्यक्ष कृषि शाखा प्रमुख, कृषि प्राविधिक र पालिकामा कार्यरत कर्मचारिलाई तथ्याङ्क अद्यावधिक प्रशिक्षणपश्चात् किसान सूचीकरण कामको सुरुवात गरिएको छ ।मंगलबार नगरपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरी सुचीकरण कार्यको सुरु गरीएको नगर प्रबक्ता जंगबिर रोकायाले जानकारी दिनुभयो।प्रबक्ता रोकायाले कार्यक्रममा मन्तव्य राख्दै कृषि पेसा जीवन निर्वाह तथा जीवन सञ्चालनको निम्ति कृषि पेसा नभई नहुने बताउनुभयो ।
कृषि पेसा विश्वका अधिकाँश मुलुकहरुले अपनाएको पेसा हो । कतिपय मुलुकहरुले आधुनिकीकरणमा रुपान्तरण गरिसकेका छन् भने कतिपय अझै पनि परम्परागत तथा जीवन निर्वाहमुखी कृषि मै रहेका छन् । नेपाल कृषिमा आधुनिकता बढी रहे तापनि अझै पनि नेपालको अधिकांश क्षेत्रको त परम्परागत कृषि प्रणाली तथा जीवन निर्वाहमुखी रूपमै अगाडि बढी रहेको बताउनुभयो ।
बुढिनन्दाको सन्दर्भमा कसैले पनि बाँझो जग्गा छोड्न नहुने बताउनुभयो । कृषि विकास शाखा प्रमुख भागेन्द्र मल्लका अनुसार राष्ट्रिय तथ्याङ्क प्रणालीलाई मजबुत बनाउन, कृषकको मनोबल उच्च बनाउँदै कृषि विकासमा उत्प्रेरित गर्न सूचीकरण गर्न लागेको बताउनुभएको छ । त्यस्तै, समग्र कृषि विकासलाई डिजिटल कृषि पद्धतिको रुपमा विकास गर्न, कृषि सुशासन प्रवर्धन गर्न र खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को व्यवस्थाअनुरुप काम गर्न किसान सूचीकरण गर्न लागिएको उहाँले बताउनुभयो ।
किसान सूचिकरण भएसँगै कुन किसान हो र कसले अनुदान पाउनुपर्ने हो भन्ने कुरा छुट्याउन सहजका लागि पनि कार्यक्रमको आयोजना गरेको उहाँले बताउनुभयो ।” सूचीकरणपश्चात् नगरपालिका भरी कृषि क्षेत्रमा विकासका क्रियाकलाप गर्न सहज हुने बताइएको छ । नगरका प्रबक्ता जंगबिर रोकायाका अनुसार पालिकामा सिँचाइका कारण बाँझो जमिनमा फलफूल खेती विस्तार गर्न पहल गर्नुपर्ने बताउनुभयो ।
२०६८ सालको तथ्यांक अनुसार कृषि तथा पशुपालन गर्ने कृषकको संख्या ९३२१ रहेको उहाँले बताउनुभयो ।नगरपालिका क्षेत्र भित्र उपलब्ध हुन सक्ने कृषि पशु इन्जिनियरिङ, वन,मेडिसिन खाध्य प्रशोधन,वकिल,पत्रकार जस्ता प्राबिधिक तथा विशेष दक्षता भएका मानव संसाधन कुल ८० प्रतिशत रहेको उहाँले बताउनुभयो ।
वडा नं १० का वडा अध्यक्ष नन्द बहादुर रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य बिषयगत शाखाका प्रमुख संघ संस्थाका कर्मचारी लगायतको उपस्तिथि रहेको थियो सो कार्यक्रमको कृषि शाखाका नायव प्राविधिक सहायक दिपक कार्किले सहजिकरण गर्नुभएको थियो ।