नोटमा छैन देश निर्माण गर्ने महामानवको तस्बिर सुदूरपश्चिम सरकार टिक्ला ? विश्वमा हतियारको होडवाजी कति तानाशाही थिइन् इन्दिरा गान्धी सन्दीप लामिछानेले दिए पोल खोल्ने चेतावनी भाजपाको निम्तोमा दिल्ली पुगे नेपालसहित १० देशका प्रभावशाली दलका नेता विश्वकप क्रिकेट खेल्ने नेपाली टोली (सूचीसहित) नयाँ सुरुङमार्ग र फ्लाइओभर बन्ने देशका यी स्थानमा आगलागी, जनधनको ठूलो क्षति पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट जलहरी प्रकरणमा मिलन थापासहितलाई सफाई विरासतको राजनीतिः सुहाङ जिते अभिषेक हारे इलाम २ मा सुहाङ नेम्वाङ विजयी इलाम २ मा सुहाङले गति बढाए, डम्बरलाई उछिन्ने प्रयासमा डेकेन्द्र बझाङमा एमालेका भण्डारी मारे बाजी लगानी सम्मेलन सफल भयो: अर्थमन्त्री पुन बझाङमा अभिषेक दमनभन्दा झीनो मतले अगाडि सुहाङ बलियो स्थितिमा, इलाममा कस्लाई कति मत इलाम २ मा सुहाङले डम्बरलाई पछि पारे इलाम २ मा कस्को कति मत इलाम २ मा काँग्रेसका डम्बर खड्कालाई अग्रता अख्तियारका कम्युटर इन्जिनियर अर्याल सीआइबीको नियन्त्रणमा भारतबाट प्याज निर्यात खुलेसँगै मूल्य घट्ने इलाम २ मा मतदानमा के हुँदैछ जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक सम्पन्न भारतमा लोकसभाको चुनाव, १३ राज्यमा मतदान आज कक्षा १२ को परीक्षा आजबाट सुरु, झण्डै ५ लाख विद्यार्थी सहभागी टोपबहादुर रायमाझीको धरौटीमा रिहा हुने प्रयास विफल पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय कक्षा १२ को परीक्षामा झण्डै ५ लाख विद्यार्थी सहभागी हुँदै एनसेलको शेयर कारोबार प्राधिकरणले अस्वीकृत गरेपछि… शिक्षा मन्त्रालयको कडा परिपत्रले दलका नेता बनेका शिक्षक आतंकित विश्व पृथ्वी दिवसमा सन्देशमूलक कार्यक्रम तस्बिरमा कतारका राजा थानीको स्वागत विश्वभर सैन्य खर्च बढ्दो, यी हुन् खर्चालु देश किन नेपाल आउँदैछन् कतारका राजा थानी माधव नेपालले गरे डरलाग्दो संकेत नेकपाको हिरक महोत्सव (फोटोफिचर) कर्जा लिने निरुत्साही, बैंकहरुले के गर्लान् ? नागरिक लगानी कोषबाट सेवानिवृत्त कर्मचारीको बढी कर कटौती किन ? ओली अस्वस्थ म्यानमार लगी साइबर दास बनाउने गिरोहको तारोमा नेपाली युवा प्रचण्डसँग बाबुराम आक्रोशित राजतन्त्र नफर्कने ओलीको ठोकुवा विश्वबजारमा कच्चा तेलको मूल्यवृद्धि फाष्ट ट्रयाक समयमै सक्ने सेनापति शर्माको दाबी, ३३ प्रतिशत काम पूरा २५ करोड भ्रष्टाचार प्रकरणमा टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भारतको सहयोगमा निर्माण हुने दार्चुलाको विद्यालय भवनको शिलान्यास र उद्घाटन मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्लान् ? वामपन्थी एक बनाउन चीनको पहल

नवप्रवर्तनमा आधारित पाठ्यक्रम आवश्यक छ: प्रधानमन्त्री

२३ चैत्र २०८०, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम आवश्यक रहेको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४औं सभा बैठकमा बोल्दै प्रचण्डले पाठ्यक्रम पुनर्संरचना र भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताएका हुन् ।

विश्वविद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलाप पूर्व निर्धारित शैक्षिक पात्रोअनुसार सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने र निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारको सहयोग रहन्छ ।’ उनले क्षेत्रीय र स्थानीय विकासका नीति तथा अवधारणा र श्रम बजारको मागअनुसार विश्वविद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रम तथा पाठ्यक्रमलाई परिमार्जन गर्न सुझाव दिए ।

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका विभिन्न प्रयोगशालाबाट उत्पादित वस्तु, सेवा र सूचनाको बजारीकरण तथा बिक्री वितरणमा आवश्यक पर्ने राष्ट्रिय नीति तथा कानुन निर्माणमा सरकारको पूर्ण सहयोग रहेको बताए । प्रचण्डले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न उत्प्रेरित गर्दै देशको समृद्धिमा टेवा पुर्‍याउन मध्यपश्चिम विश्वविद्यालयले थप सकारात्मक भूमिका खेल्नुपर्ने पनि बताए ।