ओलीले किन चाहे मध्यावधि चुनाव प्रधानमन्त्री प्रचण्डले जेठ ७ मा विश्वासको मत लिने सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त ओलीले रविलाई जोगाउन सक्लान् पुटिन किन पुगे चीन गृहको एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद सफाई पाएपछि सन्दीप लामिछाने फर्किए राष्ट्रिय क्रिकेट टिममा पेट्रोल र डिजेलको मूल्य घट्यो प्रचण्डसँग बदला लिने रणनीति बुन्दै उपेन्द्र सुदूरपश्चिममा एमालेले सोडारीलाई मत दिने राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत प्रचण्डले तोड्लान घेराबन्दी सन्दीप लामिछानेको मुद्दामा के होला ? नीति तथा कार्यक्रम प्रस्तुत गर्दै: राष्ट्रपति पौडेल सन्दीपको मुद्दामा बहस जारी प्रधानसेनापतिले को को बाट देखे कस्तो खतरा जसपा फुटाउने समूहका प्रदीप यादवलाई स्वास्थ्यमन्त्री र हसिना राज्यमन्त्री उपेन्द्र यादवको व्यस्तताः भेटघाट, बैठक राजीनामा अनि अदालतमा रिट कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत उपेन्द्र यादवले दिए राजीनामा यौन र्दुव्यवहार गर्ने मुस्लिम धर्मगुरुको मदरसाका विद्यार्थीबाट हत्या भारतमा चौंथो चरणको लोकसभा चुनाव सरकारबाट जसपा नेपाल फिर्ता हुँदै, प्रचण्ड सरकारलाई धक्का पर्नसक्ने मधेश प्रदेशमा सरोज यादव नेतृत्वको सरकार ढल्दै, माओवादी बाहिरियो विकल पौडेलले भ्रष्टाचारको गरी विदेशमा पैसा जम्मा गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा दायर २९ औं पटक सगरमाथा आरोहण गरेर कामिरिता शेर्पाले बनाए विश्वकिर्तिमान रातो मच्छिन्द्रनाथको रथ यसरी तानियो रुस-युक्रेन युद्ध नरोकिँदा सँसारभर समस्या सगरमाथा आरोहरणको मार्ग तयार गर्ने १० शेर्पा टोली चुचुरोमा रवि र गगनबीच आरोप प्रत्यारोपमा राजनीति छाड्ने चुनौती खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार कामचलाऊमा सिमित बैतडीको भुवनेश्वर माविको भवनको शिलान्यास रवि लामिछानेलाई सिध्याउन को को सक्रिय उपेन्द्र यादवले सरकार छाड्लान् कि हटाइएलान् ? महाकालीमा खरबौंका सपना बेचेका ओलीले चुच्चे नक्शामा के गर्लान् ? जसपा विभाजनमा निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्र यादव अदालत जाने यसकारण छ मातातीर्थ औंशीको विशेष महत्व भारतमा लोकसभाको तेस्रो चरणको मतदान जातीय र क्षेत्रीय दल कमजोर हुँदै गएका हुन् ? उपेन्द्र यादव प्रधानमन्त्री बन्ने योजनामा बढ्दा पार्टी दुई टुक्रा निर्वाचन आयोगले २४ घण्टाभित्र दियो अशोक राईलाई दल दर्ताको प्रमाणपत्र जसपा विभाजनले औपचारिकता पाउन नसक्ने भारतमा चुनाव चल्दै गर्दा नेपालमा चुच्चे नक्शाको फेरि चर्चा यसकारण साना दलमा विवाद र फुट जसपा किन फुट्यो जीबी राई पक्राउ गरी ल्याउने प्रयासले पायो गति यसकारण माधव नेपालसँग प्रचण्ड सशंकित सन्दीप लामिछानेको मुद्दामा सुनुवाई हुँदै नोटमा छैन देश निर्माण गर्ने महामानवको तस्बिर सुदूरपश्चिम सरकार टिक्ला ?

जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक सम्पन्न

१४ बैशाख २०८१, शुक्रबार

२०८१ बैशाख १३ चौतारा । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनमा जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक सम्पन्न भएको छ । आज विहिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो । उक्त बैठकका एजेण्डाहरु प्रस्तुत गर्दै जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समिति गठन गर्ने, आ.व.२०८०/०८१ मा सम्पन्न सबै स्थानीय तहको प्रजनन स्वास्थ्य सम्बन्धी क्रियाकलापहरुको समीक्षा, लेखा जोखा तथा कार्ययोजना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निशुल्क हवाई उद्धार तथा सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रम बारे बृहत छलफल भएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख दुर्गा बजगाईले बताउनु भएको छ ।

सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रम मार्फत आमा र बच्चाको सुरक्षाका कार्य गर्दे आएको बजागाईंले थप्नु भएको छ। स्वास्थ्य संस्थामा गर्भजाँच, खोप, सुत्केरी हुनेमा उल्लेख्य वृद्धि भएको  छ । बैठकमा भोटेकोशी गाउँपालिकका उपाध्क्ष दिछेन शेर्पाले महिलाको प्रजनन स्वास्थ्यका लागि संविधानमा व्यवस्था भएका कुराहरु पालना गर्नु पर्ने बताएकी छन । अहिले पनि धेरै महिलाहरुको प्रजनन स्वास्थ्य समस्या भइरहेको पाईन्छ त्यसको अन्त्यका लागि हामी स्थानीय सरकारको तर्फबाट सहयोग गर्न तयार छौं यसमा हातौमालो गरेर अगाडी बढ्न १२ वटै स्थानीय तह र जनस्वास्थ्य कार्यालय एकीकृत ढंगबाट स्वास्थ्यका कामहरु गर्नुपर्ने उनको भनाई छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिलाई चलायमान बनाउन र यस बाट प्रजनन स्वास्थ्यका कामहरु गर्न आग्रह गरेका छन । त्यस्तै चौतारा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर कार्कीले प्रजनन स्वास्थ्यको समस्याको समाधानका लागि तीन तहका सरकारहरु लाग्नु पर्ने बताए । महिलाहरुलाई प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चितका लागि सबै निकायको ध्यान जान आवश्यक रहेको प्रतिक्रिया दिए । त्यस्तै चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारीले प्रजनन स्वास्थ्यमा समस्या भएका विरामीहरुलाई जुनसुकै समयमा पनि उपचार गरेर सहयोग अस्पताल तयार रहेको बताए ।

कार्यक्रमलाई समापन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठले जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समिति महिलाहरुका प्रजनन स्वास्थ्यका विषयहरुलाई विशेष प्राथमिकताका आधारमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यस जिल्लमा कुनै पनि आमा र बच्चाको मृत्यु हुन नदिन विशेष गरि चौतारा अस्पताल, जनस्वास्थ्य कार्यालय स्थानीय तहका स्वास्थ्य संस्थाहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा मार्फत नागरिकको ज्यान बचाउन लाग्नु पर्ने बताए । उक्त बैठकमा जिल्ला १२ वटै स्थानीय तहका नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्षहरु  जिल्लाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।