ओलीले किन चाहे मध्यावधि चुनाव प्रधानमन्त्री प्रचण्डले जेठ ७ मा विश्वासको मत लिने सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त ओलीले रविलाई जोगाउन सक्लान् पुटिन किन पुगे चीन गृहको एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद सफाई पाएपछि सन्दीप लामिछाने फर्किए राष्ट्रिय क्रिकेट टिममा पेट्रोल र डिजेलको मूल्य घट्यो प्रचण्डसँग बदला लिने रणनीति बुन्दै उपेन्द्र सुदूरपश्चिममा एमालेले सोडारीलाई मत दिने राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत प्रचण्डले तोड्लान घेराबन्दी सन्दीप लामिछानेको मुद्दामा के होला ? नीति तथा कार्यक्रम प्रस्तुत गर्दै: राष्ट्रपति पौडेल सन्दीपको मुद्दामा बहस जारी प्रधानसेनापतिले को को बाट देखे कस्तो खतरा जसपा फुटाउने समूहका प्रदीप यादवलाई स्वास्थ्यमन्त्री र हसिना राज्यमन्त्री उपेन्द्र यादवको व्यस्तताः भेटघाट, बैठक राजीनामा अनि अदालतमा रिट कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत उपेन्द्र यादवले दिए राजीनामा यौन र्दुव्यवहार गर्ने मुस्लिम धर्मगुरुको मदरसाका विद्यार्थीबाट हत्या भारतमा चौंथो चरणको लोकसभा चुनाव सरकारबाट जसपा नेपाल फिर्ता हुँदै, प्रचण्ड सरकारलाई धक्का पर्नसक्ने मधेश प्रदेशमा सरोज यादव नेतृत्वको सरकार ढल्दै, माओवादी बाहिरियो विकल पौडेलले भ्रष्टाचारको गरी विदेशमा पैसा जम्मा गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा दायर २९ औं पटक सगरमाथा आरोहण गरेर कामिरिता शेर्पाले बनाए विश्वकिर्तिमान रातो मच्छिन्द्रनाथको रथ यसरी तानियो रुस-युक्रेन युद्ध नरोकिँदा सँसारभर समस्या सगरमाथा आरोहरणको मार्ग तयार गर्ने १० शेर्पा टोली चुचुरोमा रवि र गगनबीच आरोप प्रत्यारोपमा राजनीति छाड्ने चुनौती खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार कामचलाऊमा सिमित बैतडीको भुवनेश्वर माविको भवनको शिलान्यास रवि लामिछानेलाई सिध्याउन को को सक्रिय उपेन्द्र यादवले सरकार छाड्लान् कि हटाइएलान् ? महाकालीमा खरबौंका सपना बेचेका ओलीले चुच्चे नक्शामा के गर्लान् ? जसपा विभाजनमा निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्र यादव अदालत जाने यसकारण छ मातातीर्थ औंशीको विशेष महत्व भारतमा लोकसभाको तेस्रो चरणको मतदान जातीय र क्षेत्रीय दल कमजोर हुँदै गएका हुन् ? उपेन्द्र यादव प्रधानमन्त्री बन्ने योजनामा बढ्दा पार्टी दुई टुक्रा निर्वाचन आयोगले २४ घण्टाभित्र दियो अशोक राईलाई दल दर्ताको प्रमाणपत्र जसपा विभाजनले औपचारिकता पाउन नसक्ने भारतमा चुनाव चल्दै गर्दा नेपालमा चुच्चे नक्शाको फेरि चर्चा यसकारण साना दलमा विवाद र फुट जसपा किन फुट्यो जीबी राई पक्राउ गरी ल्याउने प्रयासले पायो गति यसकारण माधव नेपालसँग प्रचण्ड सशंकित सन्दीप लामिछानेको मुद्दामा सुनुवाई हुँदै नोटमा छैन देश निर्माण गर्ने महामानवको तस्बिर सुदूरपश्चिम सरकार टिक्ला ?

लगानी सम्मेलन सफल भयो: अर्थमन्त्री पुन

१७ बैशाख २०८१, सोमबार

काठमाडौं, १७ वैशाख । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको साइडलाइन बैठकमा बोल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको प्रतिक्रिया दिए ।

उनले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरू उत्साहित भएको उल्लेख गरे । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरूको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको भनाइ थियो । लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको मन्त्री पुनले बताए । बैठकमा विकास साझेदारहरूसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधुर बनाइने प्रतिबद्धता जनाए ।

‘जुन स्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरूको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ,’ मन्त्री पुनले भने, ‘नेपाल लगानीका लागि उदीयमान र आकर्षक गन्तव्य हो र यहाँ लगानीका प्रसस्त अवसरहरू छन् भन्ने तथ्यलाई स्थापित गर्न हामी सफल भएका छौं ।’

सम्मेलनको उदघाटन सत्रमा सरकारका तर्फबाट मात्र नभई प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति र प्रतिबद्धताले लगानी वातावरण बनाउने सन्दर्भमा सिंगो देश एकढिक्का रहेको सन्देश विश्वर प्रवाह भएकामा खुसी व्यक्त गरे । नेपालको विकास प्रयासमा साथ दिन विकास साझेदारका तर्फबाट सम्मेलनमा भएको उपस्थिति र प्रतिबद्धताका लागि धन्यवाद दिए ।
‘उदघाटन सत्रमा प्रतिपक्षी दलका नेता, निजी क्षेत्रका प्रतिनिधि, विपक्षी लगानीकर्ता र सरोकारवालाबाट नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सुन्न पायौं,’ उनले भने, ‘त्यो समर्थनका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु र भन्न चाहन्छु कि वास्वतमै यो हाम्रो सामूहिक शक्ति हो ।’

उनले लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका आयोजनाहरुमा विकास साझेदार र लगानीकर्ताको राम्रो आकर्षण देखिएकामा खुसी व्यक्त गरे । मन्त्री पुनले विगतदेखि गरिँदै आएको प्रतिबद्धताअनुसार लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत ९ वटा कानुनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास बढेको अनुभूति भएको उल्लेख गरे ।