नोटमा छैन देश निर्माण गर्ने महामानवको तस्बिर सुदूरपश्चिम सरकार टिक्ला ? विश्वमा हतियारको होडवाजी कति तानाशाही थिइन् इन्दिरा गान्धी सन्दीप लामिछानेले दिए पोल खोल्ने चेतावनी भाजपाको निम्तोमा दिल्ली पुगे नेपालसहित १० देशका प्रभावशाली दलका नेता विश्वकप क्रिकेट खेल्ने नेपाली टोली (सूचीसहित) नयाँ सुरुङमार्ग र फ्लाइओभर बन्ने देशका यी स्थानमा आगलागी, जनधनको ठूलो क्षति पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट जलहरी प्रकरणमा मिलन थापासहितलाई सफाई विरासतको राजनीतिः सुहाङ जिते अभिषेक हारे इलाम २ मा सुहाङ नेम्वाङ विजयी इलाम २ मा सुहाङले गति बढाए, डम्बरलाई उछिन्ने प्रयासमा डेकेन्द्र बझाङमा एमालेका भण्डारी मारे बाजी लगानी सम्मेलन सफल भयो: अर्थमन्त्री पुन बझाङमा अभिषेक दमनभन्दा झीनो मतले अगाडि सुहाङ बलियो स्थितिमा, इलाममा कस्लाई कति मत इलाम २ मा सुहाङले डम्बरलाई पछि पारे इलाम २ मा कस्को कति मत इलाम २ मा काँग्रेसका डम्बर खड्कालाई अग्रता अख्तियारका कम्युटर इन्जिनियर अर्याल सीआइबीको नियन्त्रणमा भारतबाट प्याज निर्यात खुलेसँगै मूल्य घट्ने इलाम २ मा मतदानमा के हुँदैछ जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक सम्पन्न भारतमा लोकसभाको चुनाव, १३ राज्यमा मतदान आज कक्षा १२ को परीक्षा आजबाट सुरु, झण्डै ५ लाख विद्यार्थी सहभागी टोपबहादुर रायमाझीको धरौटीमा रिहा हुने प्रयास विफल पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय कक्षा १२ को परीक्षामा झण्डै ५ लाख विद्यार्थी सहभागी हुँदै एनसेलको शेयर कारोबार प्राधिकरणले अस्वीकृत गरेपछि… शिक्षा मन्त्रालयको कडा परिपत्रले दलका नेता बनेका शिक्षक आतंकित विश्व पृथ्वी दिवसमा सन्देशमूलक कार्यक्रम तस्बिरमा कतारका राजा थानीको स्वागत विश्वभर सैन्य खर्च बढ्दो, यी हुन् खर्चालु देश किन नेपाल आउँदैछन् कतारका राजा थानी माधव नेपालले गरे डरलाग्दो संकेत नेकपाको हिरक महोत्सव (फोटोफिचर) कर्जा लिने निरुत्साही, बैंकहरुले के गर्लान् ? नागरिक लगानी कोषबाट सेवानिवृत्त कर्मचारीको बढी कर कटौती किन ? ओली अस्वस्थ म्यानमार लगी साइबर दास बनाउने गिरोहको तारोमा नेपाली युवा प्रचण्डसँग बाबुराम आक्रोशित राजतन्त्र नफर्कने ओलीको ठोकुवा विश्वबजारमा कच्चा तेलको मूल्यवृद्धि फाष्ट ट्रयाक समयमै सक्ने सेनापति शर्माको दाबी, ३३ प्रतिशत काम पूरा २५ करोड भ्रष्टाचार प्रकरणमा टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भारतको सहयोगमा निर्माण हुने दार्चुलाको विद्यालय भवनको शिलान्यास र उद्घाटन मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्लान् ? वामपन्थी एक बनाउन चीनको पहल

भारतद्वारा नेपाललाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहारस्वरुप प्रदान

२ बैशाख २०८१, आईतवार

काठमाडौं, २ वैशाख । भारतले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शैक्षिक संस्थाहरुलाई एम्बुलेन्स र बस उपहार प्रदान गरेको छ । भारतीय राजदूतावास, काठमाडौंले आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको हो ।

अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरिएको छ । सो समारोहमा मेयर तथा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।

उपहारस्वरुप आज हस्तान्तरण गरिएका १०१ सवारी साधन मध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।

नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास सम्बन्धीका परियोजनाको सराहना गर्दै यसले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने बताए । साथै यस्ता महत्वपूर्ण कार्यक्रम नेपाली जनताका लागि निकैै फाइदाजनक हुने बताए ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले चालेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले लामो समयदेखि लिदै आएको पहलमध्येको एक रहेको बताए । उनले कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रुपमा रहेको जानकारी दिए । भौगोलिक रुपमा नेपालभर फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको पनि बताए ।

सन् १९९४ यता भारत सरकारले आजको सहित हालसम्म नेपालभर १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको तथ्यांक छ ।